संखुवासभा । संखुवासभामा भरुवा बन्दुकबाट सिकारीकोे ज्यान गएको छ । सिकार खेल्न गएका मादी नगरपालिका ८ मावादिनका २५ वर्षीय हस्तबहादुर तामाङको भरुवा बन्दुकका कारण ज्यान गएको प्रहरीले जनाएको छ । एक थान भरुवा बन्दुकसहित निधारमा गोली लागेर मृत अवस्थामा तामाङलाई मादी नगरपालिका वडा नम्बर.–९ फाबिङमा भेटिएको प्रहरीले जनाएको छ । आइतबार हस्तबहादुर, उनका भाई रत्न बहादुर तामाङ र कृष्णबहादुर तामाङ सिकार गर्न जंगालतिर गएका थिए । प्रहरीले कृष्ण र रत्न बहादुरलाई पक्रेको छ । पक्राउ परेका उनीहरुबाट प्रहरीले २ थान भरुवा बन्दुक, भरुवा बन्दुकमा प्रयोग हुने मेटासिटको बट्टामा अन्दाजी ५० ग्राम बारुद, गोलीको रुपमा प्रयोग हुने किटको टुक्रा १० थान, २ थान खुकुरी, टर्चलाइट बरामद गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।