धरान । बराहक्षेत्र–१ खारखोला स्थित इटहरी–उदयपुर सडक र चतरा बजारदेखि धरान जाने सडकको चौबाटोमा दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ भने तीन जना घाइते भएका छन् । इटहरीबाट उदयपुर जादै गरेको को २९ प १३३६ नं. मोटरसाइकल र चतराबाट धरानतर्फ जादै गरेको मे १ ज २३८७ नं. को टाटा सुमो एकआपसमा ठोक्किदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार एकजनाकाे मृत्यु भएकाे र एकजना गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार इटहरी ८ बस्ने महानन्द सरदारकाे मृत्यु भएकाे विपि काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेकाे प्रहरी बिटका भूपेन्द्र खत्रीले जनाएका छन्र भने  इनरुवा ७ बस्ने लक्ष्मण उराउ गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय चतराका सइ चक्रमणी थापाले बताए । त्यस्तै सुमोमा सवार उदयपुर बेलका नगरपालिका वडा नं. ३ बस्ने लक्ष्मी चौधरी र उनको २ वर्षका छोरा समेत घाइते भएका छन् । उनीहरुलाई उपचारको लागी विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको छ । टाटा सुमो चालक बेलका ३ बस्ने गोपाल कुमार खड्का र दुवै सवारी अहिले चतरा प्रहरीको नियन्त्रणमा छन् ।