पानवारी । धरानमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका वडाका वडाध्यक्षहरुले पञ्जिकरणलाई अब निःशुल्क दर्ता गर्ने घोषणा गरेका छन् ।

सोमबार संयुक्त रुपमा भएको भेलाले पञ्जिकरणमा लिइदै आएको शुल्क नलिने निर्णय गरेको हो । धरान उपमहानगरपालिका वडा नं. १, २, ५, १४ र १८ मा अब पञ्जिकरण जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, सम्बन्ध विच्छेद दर्ता र बसाई सराई दर्तामा कुनै रकम नलिने निर्णय गरेको १८ नं. वडाका वडाध्यक्ष प्रविण राईले बताए । पञ्जिकरण शुल्क रू एक सय लिइदै अाएकाे छ । यस अघि वडा नं. १८ ले वडाध्यक्षको तलबबाटै पञ्किरण वापतको शुल्क व्यहोर्दै आएको थियो भने यस अघि नै एमालेले जितेको वडा नं. ७ मा पनि वडाध्यक्ष तथा वडा सदस्यको तलब भत्ताबाट पञ्जिकरण वापतको शुल्क व्यहोर्दै आएको थियो ।

पछिल्लो समय धरान उपमहानगरपालिकाले करको दरमा अत्याधिक वृद्धि गरेको भन्दै नेपाली कांग्रेसले आन्दोलन थालेको छ । शनिबार भानुचोकमा विरोध सभा गरेको कांग्रेसले आइतबार १० दिने अल्टिमेटम दिएर वृद्धि गरिएका करको दरलाई समायोजन गर्न माग गरेको छ ।