रङगेली/प्रधानमन्त्री केपी शर्मा ओलीले करको विषयमा अपव्याख्या गरेर जनतालाई भ्रम फैलाउन नहुने बताएका छन् । विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरागर्दै प्रधानमन्त्री ओलीले जे कुरामा पनी विरोध गर्ने प्रवृती त्याग्नुपर्ने बताए ।  राम्रा काम गर्दापनी विरोधगर्ने प्रवृती मुलुकको हितमा नहुने भन्दै स्थानिय तहलाई पनि कर लगाउने अधिकार भएकाले जनताले धान्न सक्नेगरी कर लगाउनुपर्नेमा उनले जोड दिए ।  नेपालमा लगाइएको कर संसारमै सस्तो भएको प्रधानमन्त्री ओलीले दाबि गरे ।उनले करको दररेटको अपव्याख्या गरेर जनतालाई अलमल्याउन नहुने बताए ।

फरक प्रसंगमा प्रधानमन्त्री ओलीले वर्तमान सरकार सानातिना कुरामा नअल्झने बताए । विकास र समवृद्धिको चाहनालाई पुरागर्न सरकार दृढ सकल्पका साथ अघि बढेकाले त्यसमा सबैको सहयोग आवश्यक रहेको प्रधानमन्त्री ओलीले बताए ।