सावधान बदलिरहेको मौसममा बाल बालिकाहरुको स्वास्थ्यको दुश्मन हो । बदलिरहेको मौसममा बाल बालिकाहरुको स्वास्थ्यको दुश्मन हो रुघा,खोकी आज भोलि दिनहु बी।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान,को ओपीडी, इमेरजेन्सी रुघा, खोकीको साथ रहेको छन् ।
निमोनिया के हो ? निमोनिया भनेको फोक्सोमा आउने एक प्रकारको खराबी हो। जसमा फोक्सोका कोषहरू सुनिन्छन् अनि श्वासप्रश्वासमा बाधा पुग्दछ। ब्याक्टेरिया र भाइरसले निमोनिया गराउँछ। बालबालिकाहरूको मृत्यु गराउने प्रमुख रोगहरूमध्ये निमोनिया मुख्य रोग हो। निमो कोकस र हेमो फाइलस इन्फ्लुयन्जा (हिववी) को कारण निमोनिया हुने गर्दछ भने आधा जति अन्य सूक्ष्म जिवाणु, फंगसको कारण हुन्छ ।
रोगका लक्षणहरू –सुरुमा खोकी लाग्ने, –नाकबाट सिंगान बग्ने –हल्का ज्वरो आउने साधारण रुघाखोकी लाग्ने –छिटो छिटो सास फेर्ने वा सास फेर्न गार्रुहो हुनु। –ज्वरो ९१०२ भन्दामाथि०। –बच्चा खान पिउन नसक्ने, –सुस्त वा बेहोस हुने, –आमाको दूध चुस्न नसक्ने हुन्छ –कसै कसैमा सास फेर्दा अस्वाभाविक आवाज सुनिने पनि गर्दछ।
कसरी गर्ने उपचार? निमोनियाको उपचार एन्टिबायोटिक र सरल तरिकाबाट गर्न सकिन्छ। –बच्चाले छिटो छिटो श्वास फेरेमा –बच्चाको कोखा हानेमा, –बच्चाले झोल खाने कुरा खान नसकेमा, –बच्चाले आमाको दूध चुस्न नसकेमा, –२ महिनामुनिको बच्चालाई ज्वरो आएमा –बच्चा ज्यादै कुपोषित भएमा। बदलिरहेको मौसममा यदि तपाई को बाल बालिका को कुनै समस्या भएमा समयमा डाक्टरसँग सल्लाह लिनु पर्छ । बाल बालिका मा बदलिरहेको मौसममा बचाउनु पर्छ । बालरोग विशेषज्ञ, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान