पाँचथर । जिल्लाको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सिमा भएर बग्ने हेंवा खेलाले बगाउँदा आइतबार एक बालक बेपत्ता बनेका छन् । बेपत्ता हुनेमा हिलिहाङ गाउँपालिका–५, सुभाङका राजेन्द्र उप्रेतीका आठ वर्षिय छोरा डेनिश उप्रेति रहेको प्रहरीले जनाएको छ । सदरमुकाम फिदिम बजार स्थित गणतन्त्र चोकमा पसल गर्दै आएका उप्रेती छोरालाई लिएर बिहान दश बजे जनै फेर्न हेंवा खोला गएका थिए । जनै फेर्न अघि नुहाउने क्रममा डेनिशलाई खोलाले बगाएको उनका बाबु राजेन्द्रले बताए । हिन्दु धर्म परम्परा अनुसार जनै पूर्णिमाको दिन नुहाएर जनै फेर्नु पर्दछ । खोलामा बेपत्ता बालकको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलिले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरिक्षक नरेन्द्र कुवँरले बताए ।