सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वडा नं. १ स्थित कमलाको उत्राइनी पुगेका तीन बालक शनिबार साझा बेपत्ता भएका छन् ।
सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा डुबेर हिजो साँझबाट बेपत्ता भएका सिरहाका तीन बालकमध्ये एक जनाको शव आज बिहान फेला परेको छ भने दुई जना अझै बेपत्ता छन् ।
सिरहाको गोलबजारस्थित शिव मन्दिरमा जल चढाउनका लागि जल लिन कमला नदीको उत्राइनी पुगेका गोलबजार नगरपालिका–४ निवासी १५ वर्षीय मञ्जय महरा, सोही ठाउँका १४ वर्षीय राहुल महरा र सिरहाकै औरही गाउँपालिका तुलसीपुर निवासी १४ वर्षीय कृष्ण महतो बेपत्ता भएका थिए ।
बालकहरु बेपत्ता भएको सूचना पाए लगत्तै पुगेको प्रहरी टोलीले आज बिहान बेपत्ता भएका मध्ये कृष्ण महतोको शव फेला पारेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक दिपेन्द्र साहले जानकारी दिए । चार जनाको समूहमा कमला नदी जल भर्न पुगेका मध्ये एक जना बालकलाई स्थानीय बासिन्दाले तत्कालै उद्धार गरे पनि बाँकी तीन जना कमला नदीमा डुबेर बेपत्ता भएका थिए ।
पहाडी क्षेत्रमा वर्षा भएकाले कमला खोलामा दुई दिनदेखि पानीको बहाव बढेकाले खोजी उद्धारमा समस्या भए पनि खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक साहले बताउनुभयो । पहाड क्षेत्रमा वर्षा भएकोले कमला खोलामा दुई दिनदेखि पानीको बहाव बढेको छ । बालकहरू कमला खोलामा जल लिन जाँदा उनीहरूलाई खोलाले बगाएको हो ।
नुहाउँदा नुहाउँदै उनीहरु पानी बहाव धेरै भएको ठाउँ पुगे,’ स्थानीयलाई उद्धतृ गर्दै डिएसपी साहले भने,‘ बेपता भएकै ठाउँबाट प्रहरीले खोजी कार्य सुरु गरेको छ ।’ बगाएर उनीहरुलाई दक्षिणतिर लगेको हुनाले उद्दारका लागि जयनगरका भारतीय प्रहरीसँग पनि समन्वय भएको उनले बताए ।