विराटनगर । विस्कुटमा आफ्नो छुट्टै ब्राण्ड उपभोक्तामाझ बसाउन सफल भएको कावरा ग्रुपले क्वालिटी नुडल्स बजारमा ल्याएको छ । कावरा ग्रुपले एकसाथ तीनवटा नाम गरेका छुट्टा–छुट्टै चाउचाउ बजारमा ल्याएको हो । कावरा ग्रुपले ‘रोमियो’ र ‘ज्याकपट’ नाम गरेको चाउचाउ विराटनगरमा एक कार्यक्रम आयोजना गरी बजारमा ल्याएको हो भने यसअघि नै ‘निकनक’ चाउचाउ बजारमा ल्याइसकेको छ । ‘रोमियो’ चाउचाउ ७० ग्रामको रहेको छ भने ‘ज्याकपट’ ५५ ग्रामको चाउचाउ बजारमा ल्याएको हो । १५ रुपैयाँमा रोमियो चाउचाउ खरिद गर्दा ‘क्वालिटी ग्रुपले नै उत्पादन गरेको ‘कान्छा चोकोकिड्स’ चाउचाउको प्याकेटभित्र रहने सञ्चालक श्याम कावराले जानकारी दिए । ज्याकपट चाउचाउ १५ रुपैयाँमा खरिद गर्दा एक पिस ठूलो चकलेट राखेको कावरा ग्रुपले जनाएको छ । बजारमा आएको चाउचाउ चिकेन र भेज दुवै प्रकारको रहेको छ । बजारमा ल्याएको कावरा ग्रुपको क्वालिटी नुडल्सको शुभराम्भ कावरा गु्रपका संरक्षक गणपतलाल कावराले गरे । करिब ७० करोड लगानीमा क्वालिटी नुडल्स बजारमा ल्याएको सञ्चालक श्याम कावराले जानकारी दिए । मोरङको बूढीगङ्गा गाउँपालिकाको हात्तीमुडामा रहेको उक्त उद्योगबाट दैनिक २० हजार कार्टुन चाउचाउ उत्पदान गर्ने बताइएको छ । ‘भर्खर बजारमा आएका छौं’ सञ्चालक कावराले भने, ‘विस्तारै उत्पादन बढाउने हाम्रो लक्ष्य छ ।’ नुडल्स उत्पादन गर्न दैनिक १६ घण्टा मेसिन चल्ने गरेको बताइएको छ । कावरा ग्रुपले ३३ वर्षअघि बिस्कुट उद्योगबाट आफ्नो व्यवसाय शुरु गरेको हो । ग्रुपले अहिले टेस्टी टेस्टी, बनबन, थिन आरारोट, गाई छाप ग्लुकोज, मर्निङ टच, डाइजेस्टिभ जस्ता बिस्कुट उत्पादन गर्दै आएको छ । त्यस्तै चकलेट र स्न्याक्सहरु समेत बजारमा ल्याएको कावरा ग्रुपले जनाएको छ । ‘कावरा ग्रुपले उत्पादन गर्ने हरेक सामग्री उपभोक्तामुखी हुन्छ’ सञ्चालक सिद्धार्थ कावराले भने, ‘गुणस्तरलाई कायम गरेकै कारण उपभोक्ताले हाम्रो उत्पादन रुचाइदिनुभएको हो । आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछौं ।’ नुडल्स ¥यापर गर्न आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरु उद्योग स्वयम्ले गर्ने गरेको छ । ‘सम्भवत कुनै नुडल्सको ¥यापर नेपालमा प्रिन्ट गरिँदैन’ कावरा ग्रुपले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘¥यापर स्वदेशमै प्रिन्ट गर्ने हाम्रो नै पहिलो उद्योग हो ।’