इटहरी । युवालाई लक्षित गरी टिभिएस कम्पनीले नयाँ मोटरसाइकल बजारमा ल्याएको छ । युवाहरुलाई मध्यनजर गर्दै १६० सिसीको नयाँ मोडलको मोटरसाइकल बजारमा ल्याएको हो । इटहरीमा रहेको पारस अटोमोबाइल सेण्टरले इटहरीमा पहिलोपटक आइतबारबाट बजारमा ल्याएको छ । इटहरीमा १६० सिसीको उक्त मोटरसाइकलको उद्घाटन पूर्व क्षितिज प्रकाशन प्रालिका बोर्डअफ डाइरेक्टर सुनिल अधिकारीले गरे । अधिकारीले जमानाअनुसार र बजारको मागअनुसारकै मोटरसाइकल भएको कारण मोटरसाइकलले बजार लिने बताए । उनले भने, ‘अहिले बजारमा टिभिएसले ल्याएको यो मोटरसाइकल युवादेखि बूढापाकाले पनि मन पराउनेछन् ।’ पारस अटोको सञ्चालक लीलानाथ लुइटेलले मोटरसाइकल बजारमा धेरै बिक्री हुनेमा विश्वास लिए । ‘आइतबार नै ४ वटा मोटरसाइकल बिक्री हुनुको साथै ६ वटा बुकिङ भयो’ –खुसी हँुदै लुइटेलले भने । यो मोटरसाइकल पल्सर जस्तै बजारमा लोकप्रिय हुने उनको भनाइ थियो । हेर्दै आकर्षक भएको कारण यो मोटरसाइकल युवाहरुको रोजाइमा पर्ने उनी बताउँछन् । अहिले आएको नयाँ मोडलको उक्त मोटरसाइकलमा भाइब्रेशन छैन, स्पीर क्लज, रेसिङ बाइकको जस्तो लुक्स देखिन्छ । इञ्जिनमा पाँच वर्षको वारेण्टीसमेत छ । मोटरसाइकलले माइलेजसमेत ४८ देखि ५० किलोमिटर दिने भएको कारण अहिले नेपालमा आएकै दिनदेखि माग बढेको सञ्चालक लुइटेल बताउँछन् । यसैगरी विश्वव्यापी दुईपाङ्ग्रे र तीनपाङ्ग्रे सवारी साधनहरुको निर्माता टिभिएस मोटर कम्पनीले नयाँ टिभिएस अपाचे आरटीआर १६०–४ भी नेपाली बजारमा ल्याएको छ । नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ टिभिएस अपाचे आरटिआर १६०–४ भी मोटरसाइल आइतबारबाट देशभरका बजारमा बिक्रीवितरण शुरु गरेको जनाइएको छ । विर्तामोडमा रहेको टिभिएस मोटरसाइकलको आधिकारिक बिक्रेता पाथीभरा अटोलिङ्कले एक कार्यक्रमका बीच उक्त मोटरसाइकलको बिक्रीवितरण शुरु गरेको जनाएको छ । मोटरसाइकल जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष धर्म शिवाकोटी र छठ समाज सेवा समिति विर्तामोडका अध्यक्ष घनश्याम चौधरीले संयुक्तरूपमा सार्वजनिक गरेको पाथीभरा अटोलिङ्कका सञ्चालक सजेश शिवाकोटीले जानकारी दिए । टिभिएसको यो नयाँ मोटरसाइकल नेपालका जस्तोसुकै सडकहरुमा समेत सहजै चलाउन सकिने उनले बताए । यसमा भएका विशेषताले गर्दा यो मोटरसाइकल अहिलेका युवापुस्ताको लागि रोजाइमा पर्ने उनले दाबी गरे । नेपाली मूल्य २ लाख ८५ हजार ९ सय रुपैयाँ रहेको सो मोटरसाइकलमा डबल डिस्क ब्रेक, एन्टी रिभर्स टर्क स्लिप्पर क्लच प्रविधि, रेसिङ इन्पायार्ड ग्राफिक्स रहेको छ ।