धरान/धरान–५ देउरालीस्थित सुन्दर बस्तीका अपाङ्गता भएका लक्ष्मीदास लिम्बूको परिवारलाई खाद्यान्न तथा लत्ता कपडा प्रदान गरेको छ । धरानको अपाङ्ग पुनस्र्थापना तथा असहाय सेवा केन्द्र–नेपालले खाद्यान्न तथा कपडा वितरण गरेको हो । केन्द्रले लक्ष्मीदास र उनको परिवारलाई आगामी मङ्गलबार निःशुल्क स्वास्थ्य परीक्षणसमेत गरिने भएको छ । त्यसक्रममा ह्विलचेयर र घर निर्माणका सामग्री प्रदान रिने केन्द्रका निर्देशक सुनिल खड्काले बताए ।
खोलामा मजदुरी गर्ने क्रममा माटो र ढुङ्गाको ढिस्कोले पुरेपछि घाइते बनेका थिए । विगत ७–८ वर्षदेखि हिँडडुलसमेत गर्न नसक्ने अवस्थामा पुगेका छन् । उनको पत्नीसमेत अपाङ्ग अवस्थामा छिन् । लक्ष्मीदासको परिवारलाई दैनिक गुजारा गर्नसमेत समस्या भएपछि केन्द्रले खाद्यान्न प्रदान गरेको हो । उनीहरूको दुई छोराछोरी छन् । बुबा, आमा नै अशक्त बनेपछि अहिले छोराले घरको सबै खर्च धानिरहेका छन् । यसैबीच केन्द्रले सोही ठाउँका अशक्त बुद्धमान श्रेष्ठलाई पनि खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ । तर, उनी अनुपस्थित भएका कारण ब्लाष्ट खबरमा कार्यरत स्थानीय डम्बर कार्कीलाई जिम्मा लगाएका थिए । शारीरिक रूपमा अशक्त उनी खोलामा गिट्टी चालेर दैनिक गर्जो टार्दै आएका थिए । केन्द्रले दाल, चामल, नुन, तेललगायतका सामग्री दिएको हो ।