इटहरी/ सरकारले पत्रकारहरुलार्इ अंकुश लगाउँने गरी ऐन ल्याएको भन्दै पत्रकारहरुले आपत्ती जनाएका छन । सुनसरीको इटहरीमा पत्रकार महासंघ सुनसरीले सुरु गरेको सरकार विरुद्दको आन्दोलन कार्यक्रममा बोल्दै अग्रज पत्रकार तथा कानुन बिज्ञहरुले ऐन संशोधनको माग गरेका हुन् । मुलुकी फौजदारी संहिता २०७४ ,मुलुकी देवानी संहिता २०७४ र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विषय छलफल कार्यक्रममा बोल्दै अग्रज पत्रकार सुविद गुरागाईले समाचार लेख्ने पत्रकारलाई राज्यले अंकुश लगाउँन खोजेको भन्दै ऐन संशोधनको विकल्प नरहेको उनको भनाई थियो ।सार्वजनिक पदमा बसेका मानिसहरुले गल्ती गर्दा पत्रकारले समाचार लेख्न नपाउँने कस्तो कानुन हो ? उनको प्रश्न थियो । ‘पत्रकारले के लेख्न हुन्छ, हुँदैन थाहा छ पत्रकारको आफ्नै आचारसंहिता छ’ उनले भने ।  कार्यक्रममा बोल्दै पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले प्रेस स्वतन्त्रतामाथी राज्यले अंकुश लगाउन खोजेको भन्दै सरकारको कडा आलोचना गरे । ‘नेपालको संविधानमा नै पूर्ण प्रेस स्वतन्त्रता भनिएको छ तर सरकारले किन पत्रकारलाई अंकुश लगायो उनी भन्छन् । ‘पत्रकारले समाचार लेख्दा गल्ती, त्रुटी गरे गल्ती सच्याउने आफ्नै आचारसंहिता छ’सापकोटाले भने, ‘यस्तै कानुन बन्दै जाने हो भने पत्रकार भनेर हिड्नु समेत गाहे हुन्छ । पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा ब्लाष्ट दैनिकका सम्पादक किशोरकुमार कार्कीले प्रेस स्वतन्त्रतालाई संकुच बनाउन खोजेको टिप्पणी गरे । ‘यस्तै कानुन बन्दै जाने हो भने पत्रकारिता क्षेत्र नै धरासयी बन्दै जाने देखिन्छ, हामी दफा संशोधन गर्नका लागी सर्वोच्चमा पनि जान सक्छौँ’ कार्कीले भने । पत्रकारले समाचार लेख्न पाउँनु पर्छ ,समाचार लेख्न रोक्ने प्रयास सरकारले नगरे आफुहरुलाई मान्य नहुने कार्कीको तर्क थियो ।  अधिवक्ता राजु ढकालले व्यक्तिगत स्वतन्त्रता र प्रेस स्वतन्त्रता बिच नै बाझिएको बताए । नागरिकको स्वतन्त्र बाँच्ने अधिकार प्रति खलल हुने गरी कानुन बनाएकोमा उनले आपत्ती जनाए । पत्रकारका अधिकारलाई सुनिश्चित गरिनुपर्ने उनको भनाई थियो । राज्यले सूचनाको हकलाई कमजोर बनाउनका लागी पत्रकारको विरुद्धमा ऐन बनाए छ ढकालले भने । राज्यले सञ्चार क्षेत्रलाई हेर्ने दृष्टिकोण खराब नियतले भएको जनाउँदै ढकालले भने यो कानुन पत्रकारहरुको लागी ज्यादै खराब भएको उनको तर्क थियो ।

त्यस्तै अर्को अधिवक्ता सुमनचन्द्र कार्कीले पत्रकारको अधिकार स्वतन्त्र रहेकोले सहि र सत्य समाचार सम्प्रेषण गर्न पाउनुपर्नेमा जोड दिए । उनले भने राज्यले लिएको यो ऐन दुखदायी छ राज्यले ऐन संशोधन गर्नु आवश्यक छ । पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष कृष्ण हुमागाईँले पत्रकारिता क्षेत्रमा अझै पनि निष्पक्ष समाचार लेख्ने मानिस नभएको बताए बताउँदै उनले भने पत्रकारहरु एक आपसमै बाझिएका छन् । पत्रकार राजन केडीले पत्रकारहरुको विरुद्धमा बनेको ऐन संशोधन हुनु पर्ने माग गरे । नेपाल पत्रकार महासंघ सुनसरीले आयोजना गरेको उक्त कार्यक्रममा राज्यले बनाएको ऐनको परिवर्तन गर्नका लागी ६ बुदे इटहरी घोषणा पत्र समेत जारी भएको छ । पत्रकार महासंघ सुनसरी अध्यक्ष अमर खड्काले अहिले समाचार लेख्नका लागी असहज भईरहेको बताए । पत्रकारिता क्षेत्र मर्यादित बनाउनुपर्नेमा उनको जोड थियो । अहिले बनेको मुलुकी फौजदारी संहिता २०७४ तथा मुलुकी देवानी संहिता २०७४ र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विषयमा सरकारलाई ध्यानाकर्षण गराउने उनले बताए ।