पानबारी । धरान उपमहानगरपालिकाले बजारमा हल्ला गरिए जस्तो कर बृद्धि नगरेको जनाएको छ ।
सोमबार उपमहानगरपालिकामा पत्रकार सम्मेलन गरेर धरान उपमहानगरपालिकाकी कार्यवहाक नगर प्रमुख मञ्जु भण्डारी (सुबेदी)ले अहिले बृद्धिएको कर बाहिर हल्ला गरिए जसरी बृद्धि भएको छैन, नगरबासीहरुलाई यस्तो भ्रममा नपार्न पनि उनले प्रतिपक्षी दल नेपाली काङग्रेस र अन्य आन्दोलनरत पक्षलाई आग्रह गरिन । जुत्ता सिलाउनेलाई एक हजार कर उठायो भनेर भ्रम सृजना गरिएको छ सञ्चारकर्मिलाई स्पस्ट पार्दै उनले भनिन् ‘पहिले दैनिक २० रुपैया कर तिर्दा एकजना मजदुरले बार्षिक ७ हजार ३ सय रुपैया तिर्नु पथ्र्यो अहिले बार्षिक एक हजार मात्र तिर्नु पर्छ’ ।
एउटा सामान्य मजदुरलाई बार्षिक ७ हजार कर बढी भयो भनेर हामीले बार्षिक १ हजार बनार्यौ,यो मजदुरहरु प्रति न्याय भयो की अन्याय भयो ? उनले भनिन् । ब्यक्तिगत घटना दर्ता ३५ दिन सम्म नेपाल भरिनै निशुल्क भएको भन्दै उनले ३५ दिन पछाडी सेवा शुल्क लिइने बताईन ।
केही वडाहरुले निशुल्क सेवा दिने भनेर गरेको बिषय आफुलाई जानकारी नभएको कार्यवहाक नगर प्रमुख सुबेदीले बताईन ।कर छुट दिने वा लिने भन्ने निर्णय गर्ने अधिकारे नगर सभालाई छ ब्यक्तिलाई छैन ।ब्यबसाय कर सुनसरी उद्योग बाणिज्य सघंको सुझाब र सहमतीमा केही बृद्धि गरिएको भन्दै उनले घर बहाल कर १२ प्रतिसत नाजायत नभएको बताईन ।
पहिले आन्तरिक राजश्व कार्यालयमा १० प्रतिसत र उपमहानगरपालिकामा २ प्रतिसत गरेर १२ प्रतिसत बुझाउनु पथ्र्यो अहिले राजश्व कार्यालयमा पर्दैन उपमहानगरपालिकामा १२ प्रतिसत बुझाउनु पर्छ यसमा बिरोध गर्ने र स्यालले हुईया फैलाएजस्तै गर्नु पर्ने कारण छैन उनले भनिन्
नेपाली कांग्रेस धरान नगर समितिले कर विरुद्ध गरेको आन्दोलनलाई इंगित गर्दै उनले भनिन् –‘प्रतिपक्षले आफ्नो जिम्मेवारी अनुसार खबरदारी गरेको हो, यस अर्थमा म त्यसलाई सकारात्मक रुपमा लिन्छु ।’ कार्यवाहक मेयर मञ्जु भण्डारीले लगानी पुजी र कारोबारका आधारमा कर लिनु भन्ने प्रावधान कानुनमा छ तर हामीले करदातालाई मार नपरोसस् भनेर नै त्यस अनुसार नगइ करको दर निर्धारण गरेको बताइन् ।
उता नेपाली कांग्रेसले भने कर दरमा अत्याधिक वृद्धि गरेको भन्दै आन्दोलनमा उत्रिएको छ ।