मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिका र उर्लाबारी नगरपालिका बिच देखीएको सिमाना बिवादको बिषय अजै टुङ्गो लाग्न सकेको छैन । दुई पालिकाबिच सिमान बिवादको बिषयलाई मिक्लाजुङ गाउँपालिकाले सम्बन्धीत निकाय र प्रदेश सरकार संग गुहार मागेको थियो ।
मिक्लाजुङ गाउँकार्यपालिकाको बैठकले यस गाउँपालिकाको वडा नं. ९ को सिमानामा साविक मधुमल्ला गा.वि.स.ले संरक्षण गरेको बन फडानी भएपछी र उक्त बन फडानी बारेमा आवस्यक अनुसन्धान गर्न सम्बन्धित निकाय समक्ष अनुरोध गरेको साथै उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिका विच सिमानाको सम्बन्धमा द्विविधा भएको र स्पस्ट सिमान निर्धारण गरी दिनको लागी प्रदेश सरकार समक्ष लिखरुत अनुरोध गरेपनि ऐलेसम्म कुनै ठोस निर्णय नआएको मिक्लाजुङ गाउँपालिकाका अधक्ष्य देबिप्रशाद आचार्यले बताए ।
राज्य पुनरसंरचना आयोगले संरचना तयार गर्दा साविक मधुमल्ला गा.वि.स. १ देखी ६ सम्माका वडालाई मिक्लाजुङ गाउँपालिका र ७,८ र ९ लाई उर्लाबारी नगरपालिकामा गाभिएको थियो हाल सो वडा उर्लाबारी नगरपालीकाको वडा नं. १ हो । सोही संरचनाको आधारमा मिक्लाजुङ गाउँपालिकाकी तत्कालीन कार्यकारी अधिकृत प्रभा अर्यालले मिक्लाजुङ गाउँपालिकाको स्वागत बोड राखीएको थियो भने उर्लाबारी नगरपालिकाले भने सो स्थान भन्दा करिब ५०० मिटर उत्तर तर्फ स्वागत बोड राखेको थियो । उर्लाबारीको स्वागत बोर्ड राखे पस्चात उर्लाबारी नगरपालीकाले साविक मधुमल्ला ६ मा रहेको मावा धार नर्शरीमा खेलमैदान निर्माण को बाहनामा बिरुवा कटान गरेपछी विबादले झन उग्र रुप लिएको थियो । ऐले सो स्थनमा फडानि गरीएको बिरुवाको घाढ्गद्दी पनि चोरीहुन थालेको स्थानिय बताउँछन्।
तत्कालिन मधुमल्ला गाविसका अध्यक्ष काशीनाथ पौडेलको अग्रसरतामा मावा खोलाको जोखिमबाट बस्ती जोगाउन नर्सरी लगाइएका थिए । वायोइन्जिनियरिङ पद्धतिद्वारा खोला किनारामा लगाइएको नर्सरीका कारण कालान्तरमा स्थानीयले राहत महशुस गर्दै आएका थिए । सो नर्सरीकै कारण उर्लाबारी–मधुमल्ला सडक खण्ड पनि जोखिमरहित बनेको छ स्थानीय बासी बताउँछन । नर्सरी कटान हुन थालेपछि स्थानीयमा चिन्ता थपिएको छ ।