मधुमल्ला । दक्षिणि इलामको मांसेबुङ गाउँपालिका वडा नं. ६ मझुवामा आज (सोमाबार) मध्यान्ह ३ बजे यात्रुबहाक महेन्द्र सफारी दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन । अन्य यात्रुहरु भने सामान्य उपचार पछी घर फर्किकाछन । चालक दिलबहादुर लावतीको दाहिने हात भाचिएको र हाल दमक अस्पताल दमकमा उपचार भइरहेको छ । दमकबाट लारुम्बा तर्फ आउँदै गरेको मे १ ज १३६४ न. को यात्रुबहाक सफारी दुर्घटनामा परेको बताईएको छ । भिरालो बाटो बार्षका कारण केही मात्रामा बाटो बिग्रीएको कारण मझुवामा दुर्घटनामा परेको हो । घुमाउरो बाटोमा ट्रनिङ काट्ने क्रममा ट्रनिङ नपुग्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरिक्षाक माधब श्रेष्ठले बताए ।