मधुमल्ला । ज्यान मार्ने उद्योगका फरार अभियुक्त मोरङ उर्लाबार–६ नम्बर वडासदस्य सचिन शाक्य पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले आइतबार राति ११ बजे शाक्यलाई पक्राउ गरेको हो । इन्स्पेक्टर रामप्रसाद तिम्सिनाका अनुसार शाक्यमाथि मोरङ–११ मा आबद्ध फुटबलर विशाल तामाङमाथि छुरा प्रहार गरेको आरोप लागेको छ । शाक्य नेपाली काङ्ग्रेसनिकट तरुण दल मोरङका सचिवसमेत हुन् । उर्लाबारी–५ स्थित एरोमा होटलमा असार ७ गते शाक्यले धिमालमाथि छुरा प्रहार गरेको अभियोग छ । ज्यान मार्ने उद्योगमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।