इनरुवा । इनरुवा नगरपालिका–६ मधेशा नजिकै शनिबार राति एक किशोरी बलात्कृत भएकी छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हलेसी चौक नजिकै २४ वर्र्षीय युवतीमाथि सामूहिक बलात्कार भएको सुनसरीका डिएसपी ज्ञानेन्द्र फुयाँलले बताए । मानसिक सन्तुलन ठीक नभएकी ती युवती अर्धचेत अवस्थामा नग्न फेला परेकी थिइन् । युवतीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि विराटनगर पठाएको डिएसपी फुयाँलले बताए । युवतीको कपडाहरू घटनास्थलभन्दा केही पर फेला परेको थियो । युवतीको यौनाङ्गबाट रगत बगेको अवस्थामा भेटिएपछि जिल्ला अस्पताल इनरुवामा उपचारका लागि ल्याइएको र थप उपचारका लागि विराटनगर पठाइएको डिएसपी फुयाँलले बताए । बलात्कारको आशङ््कामा तीन युवालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको डिएसपी फुयाँलले बताए ।