श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ भाद्र १४ गते बिहीबार, ३० अगस्त २०१८ । भाद्र कृष्णपक्षको चतुर्दशी तिथि १९ः४२ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र रेवती १८ः५५ बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमाराशि मीन, सूर्योदय ५ः४२ र सूर्यास्त ६ः२५ मा हुनेछ । ज्यो.पंः हरि प्रसाद पौडेल मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ) समय सामान्यखालको छ । अधिकार प्राप्तिको लागि निकै सङ्घर्ष गर्नुपर्ला । विश्वासपात्रबाट धोका होला । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) इच्छा र आकांक्ष्ाँ पूर्ण हुनेछ । अवरुद्ध रहेका कामकाजहरु सुचारु हुनेछन् । नया“ कार्य–व्यसायको शुभारम्भ हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) समय सामान्यखालको छ । कार्य व्यस्तताले परिवारमा समय दिन नपाइएला । अशुभ समाचारले मन खिन्न बन्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) वस्त्र तथा आभूषण प्राप्त हुनेछ । बिछोडिएका साथीभाइहरुसित रमाइलो भेटघाट एवम् खानपिन हुनेछ । मन प्रसन्न रहला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अध्ययन–अध्यापनमा रुची बढ्नेछ । जागीरमा बढुवा तथा स्थानान्तरण होला । रमाइलो वातावरणमा दिन बित्ला । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) समय सामान्यखालको छ । आफ्नोभन्दा अरुको काममा बढी समय दिनुपर्ला । शिर सम्बन्धी समस्याले निकै सताउला । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) समय सामान्यखालको छ । शिर तथा नशासम्बन्धी समस्याले निकै सताउला । सानो कामको लागि ठूलै धनराशि खर्च होला । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मुद्दा–मामिलामा तपाईंको विजय हुनेछ । नपत्याएका व्यक्तिरुबाट उचित सहयोग मिल्ला । शुभसमाचार सुन्न पाइएला । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) धातु तथा वाहनसम्बन्धी काममा विशेष लाभ मिल्ला । अवरुद्ध रहेका कामकाजहरु सुचारु हुनेछन् । मन प्रसन्न रहला । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य तथा प्रतिष्ठित व्यक्तिहरुसित भेटघाट हुनेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) समय मध्यम्खालको छ । अनावश्यक कामको झन्झटमा फसिएला । आफ्नोभन्दा अरुको काममा बढी समय दिनुपर्ला । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) वस्त्र तथा वाहन खरिद हुनेछ । रमणीय स्थान भ्रमण गर्ने अवसर प्राप्त होला । रमाइलो वातावरणमा दिन बित्ला ।