श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ भाद्र १५ गते शुक्रबार, ३१ अगस्त २०१८ । भाद्र कृष्णपक्षको पञ्चमी तिथि १९ः१९ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र अश्विनी १९ः५५ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमाराशि मेष, सूर्योदय ५ः४२ र सूर्यास्त ६ः२४ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ) समय उत्तमखालको छ । कार्य व्यवसायमा विशेष लाभ मिल्ला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अध्ययन–अध्यापनमा रुची बढ्नेछ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) समय सामान्यखालको छ । शिर तथा नशासम्बन्धी समस्याले निकै सताउला । सानो काममा ठूलै धनराशि खर्च होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मुद्दा–मामिलामा तपाईको विजय हुनेछ । नपत्याएका व्यक्तिहरुबाट उचित सहयोग मिल्ला । रमाइलो वातावरणमा दिन बित्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा विशेष लाभ मिल्ला । महिला मित्रको सहयोग नया“ कामको शुभारम्भ हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) कार्यव्यस्तताले परिवारमा समय दिन नपाइएला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला । अनावश्यक काममा फसिएला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) समय सामान्यखालको छ । कार्य–व्यवसायमा बिघ्न बाधाहरु आइपर्ला । विश्वासपात्रबाट धोका होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । राजनैतिक क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । मन प्रसन्न बन्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) धातु तथा तत्जन्य कार्य व्यवसायमा रुची बढ्नेछ । नया“ कामको शुभारम्भ हुनेछ । लाभदायी यात्रामा सरिक भइएला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) समय उत्तमखालको छ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) जग्गा–जमिन तथा भवनसम्बन्धी काममा रुची बढ्नेछ । मातृपक्षको सहयोगमा नया“ कार्य व्यवसायको शुभारम्भ हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) वस्त्र तथा आभूषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । अतिथि सेवा गर्ने अवसर मिल्ला ।