[caption id="attachment_92682" align="alignnone" width="1135"] मन्त्री इन्द्रबहादुर आङ्बो[/caption]

यासोक/प्रदेश १ का सङ्घीय मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले पाँचथर र तेह्रथुमका सुख्खा क्षेत्रका नागरिकलाई राहतको व्यावस्था गर्ने बताएका छन् । प्रभावित क्षेत्रमा अल्पकालीन र दीर्घकालीन राहतको व्यावस्थामा प्रदेश सरकार लाग्ने बताएका हुन् । जनताको पीडा र समस्यालाई समाधान गर्न तीन तहको सरकार घर–आँगनमै भएकाले नागरिकको समस्या सम्बोधन हुने उनले बताए । पाँचथरको सुख्खाग्रस्त क्षेत्रको अध्ययन गर्न पाँचथरको कुम्मायक गाउँपालिका पुगेका अर्थमन्त्री आङ्बोले यहाँको अध्ययन प्रतिवेदन प्रदेश सरकारलाई बुझाई राहत प्याकेजको विषयमा छलफल गरी आवश्यक राहतको व्यबस्था गर्ने बताए ।

प्राकृतिक विपत्तिमा परेका सबैभन्दा बढी पाँचथरको तुम्बेवा गाउँपालिका, कुम्मायक र तेह्रथुमको छथर गाउँपालिका रहेकाले प्रदेश सरकारमा यस विषयमा छलफल गरी बिउबिजनको व्याबस्था मिलाउँने मन्त्री आङ्बोले बताए । सुख्खाक्षेत्रको अध्ययन टोलीमा प्रदेश सभाषद् लक्ष्मण तिवारी, सङ्घीय मामिला तथा योजना मन्त्रालयका उपसचिव रविन्द्र आचार्य, भूमि व्यवस्थापन मन्त्रालयका उपसचिव मनोज यादवलगायतको टोली सहभागी छन् ।

जिल्लाको सुख्खा क्षेत्र कुम्मायक र तुम्बेवा गाउँपालिकाका ८ सय ८६ घरधुरी खाद्य सङ्कटमा परेका छन । मकै फल्ने समयमा लामो खडेरी परेपछि बारीमै मकै सुकेको थियो । मन्त्री आङ्बोको टोलीले बुझाएको प्र्रतिवेदनको आधारमा प्रदेश सरकारले आवश्यक राहत उपलब्ध गराउँने भएको छ । प्राकृतिक प्रकोपमा परेको कुम्मायक गाउँपालिकामा ३ यस घरपरिवार रहेका छन् भने तुम्बेवा गाउँपालिकामा ५ सय ८६ घरधुरी रहेका छन् ।