विराटनगर। लियो क्लब अफ विराटनगरले बाढी पीडितलाई खाद्यान्य तथा लत्ता कपडा सहयोग गरेको छ । वर्षाका कारण विराटनगर–८ का सुकुम्बासी बस्तीका २० घर बाढी पीडितलाई क्लबले शुक्रबार खाद्यान्य तथा लत्ता कपडा सहयोग गरेको हो । क्बलले बाढी पीडितलाई चामल, दाल, नून, त्रिपाल, र लत्ता कपडासमेत सहयोग गरेको लियो क्लबका उपाध्यक्ष पेरिस सुवेदीले जानकारी दिए । बुधबार राति परेको वर्षाको कारण यस क्षेत्रका २० घर परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । प्रहरी र विभिन्न क्बलको सहयोगमा पीडितलाई उद्धार गरिएको थियो ।