
बिर्तामोड । आफुसँग कला भएर पनि ओझेलमा परेका छन् झापा कनकाई नगरपालिका वडा नम्बर–२ सुकेडाँगीका ४० बर्षिय ओम कडेल । १२/१३ बर्षको उमेरदेखि अरुले बाँसुरी बजाएको देखेर/सुनेर उनमा पनि प्रेरणा जागेको बताउँछन् कँडेल । उनले भारतको चण्डीगढमा समेत आफ्नो कला प्रस्तुत गरिसकेका छन् ।
योगगुरु लोकनाथ खनालसँग नेपालका विभिन्न ठाउँमा कार्यक्रममा सहभागी हुँदै बाँसुरी बजाएको सुनाउछन् उनी । गाउँघरका सांस्कृतिक कार्यक्रममा बाँसुरी बजाएको देखेर उनले पनि बाँसुरी बजाउन थालेको बताए । उनी गाउँघरमा हुने सानातिना देखि लिएर विभिन्न ठाउँमा हुने साँस्कृतिक कार्यक्रममा समेत बाँसुरी बादक गर्ने गरेको बताउँछन् ।
५ बर्ष कतार र कुेवेतमा बैदेशिक रोजगारका सिलसिलामा रहेका बेला पनि उनले त्यहाँ देशी तथा विदेशीले आयोजना गरेका नेपाली कार्यक्रममा समेत नेपाली संगितमा बाँसुरी वादन गरेको सुनाए । उनी भारतको चण्डीगढमा बाँसुरी वादन सिक्न जाँदा गुरुहरुको संगतले धेरै कुरा सिकेको बताउन् ।

नेपाली लोक/संगीत विश्वकै उत्कृष्ट भएको कँडेलको दावी छ । भविश्यमा नेपाली लोकसंगीतको जर्गेना र युवा पुस्तालाई आकर्षित गर्दै कलाकेन्द्र स्थापना गर्ने उदेश्य रहेको उनले बताए । लोक, आधुनिक, साँस्कृतिक लगायतका भाकामा राम्रो बाँसुरी वादन गर्ने कँडेल सबैभन्दा बढि लोकसंगीत मै वादन गर्न रुचाउँछन् । हाल पेशाले किसान रहेका पौडेल सामाजिक काममा समेत उत्तिकै सक्रिय छन् । उनी नगरपालिकाको वडा मेलमिलाप समितिको सदस्य र वाटो निर्माण समितिको उपाध्यक्ष समेत रहेका छन् ।
https://youtu.be/9SSO2Kap79c