विराटनगर । १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले आर्थिक विकास र समृद्धीको यात्रामा सहकारीको भूमिका अपरिहार्य रहेको बताएका छन् ।

मोरङको बुढीगंगा गाउँपालिका – १ टंकिसिनवारीमा रहेको राजसती महिला बहुउदेश्यीय सहकारी संस्था लि. को १८ औं वार्षिक साधरण सभाको शनिबार उद्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री राईले सहकारीसँग साझेदार र सहकार्य गरेर प्रदेश सरकार अगाडी बढ्ने बताए ।

उनले आर्थिक क्षेत्र र समद्धीमा सहकारीको एउटा खम्बाको रुपमा रहेकोले पारदर्शी र योजना बनाएर अगाडी बढनुपर्नेमा जोड दिए । आर्थिक रुपमा सक्षम बनाउन सहकारीको भूमिका ठूलो रहेको उल्लेख गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले सहकारीलाई प्राथामिकतामा राखेको बताए ।

८ सय २५ जना सेयर सदस्य रहेको सहकारीको आर्थिक वर्ष २०७४/०७५ मा बचत निक्षेप ५ करोड ६९ लाख ९५ हजार ९ सय ३ रुपैयाँ रहेको सहकारीको अध्यक्ष तारादेवी राईले जानकारी दिइन् । त्यस्तै शेयर निक्षेप ७८ हजार ४ सय ८० रुपैयाँ रहेको छ । सहकारीमा ७ सय ७४ जनाले नियमित बचत गर्दै आएको छन् भने समूहमा बचत ४० जनाको रहेको बताइएको छ । सहकारीले ३ सय ७० जनालाई ६ करोड ५७ लाख ४२ हजार ७ सय ८८ रुपैयाँ ऋण लगानी गरेको छ । चालू आर्थि वर्षमा ७ करोड रुपैयाँ कर्जा लगानी गर्ने लक्ष्य सहकारीको छ । सहकारीले आर्थिक वर्ष ९७ लाख ५९ हजार ८ सय ४५ रुपैयाँ आम्दानी गरेको छ ।

सहकारीको वार्षिक साधरण सभाको अवसर पारेर ७५ वर्ष पुरा गरेका २० जना जेष्ठ नागरिकलाई सम्मान गरियो । त्यस्तै ३ जना एकल महिला, ६५ वर्ष पुरा गरेका ७ जना जेष्ठ महिला, सरकारी र निजी विद्यालयहरुबाट उत्कृष्ट नतिजा ल्याएर उत्तिर्ण हुने १० जना विद्यार्थीहरुलाई सहकारीले सम्मान गरेको थियो । सम्मानित हुनेहरुलाई मुख्यमन्त्री राई र सहकारीकी अध्यक्ष राईले गरे । महिला मात्र आवद्ध भएको यस सहकारी हो ।