विराटनगर । विराटनगरमा लामो समयदेखि ठेला कुदाउँदै आउने विराटनगर रामपुरका ४० वर्षिय रामचन्द्र पासवानको मृत अवस्थामा शव फेला परेको छ ।
घरबाट हराएको दुई दिनपछि आफनै घरछेउको नालामा मृत अवस्थामा शनिबार शव फेला परेको हो । स्थानियले मृत अवस्थामा शव देखिएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शवलाई पोष्मार्टको लागि विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा राखेको मोरङ प्रहरीले जनाएको छ ।
मदिरा सेवन गर्ने पासवान बिहीबार साझ घरमा मदिरा पिएर गएको बताइएको छ । घरमा समान्य भनाभन भएपछि सोही दिन घरबाट बाहिर हिडेका थिए । मृतकको २ छोरा, २ छोरी र श्रीमति रहेको छ ।