पाँचथर । घरमा श्रीमति हुँदाहुँदै दोस्रो विवाह गर्ने एक व्यक्तिलाई पाँचथर प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको फाल्गुनन्द गाउँपालिका–६, बस्ने २९ वर्षीय गणेश चेम्जोङलाई तेह्रथुम आठराई गाउँपालिकाको केन्द्र सङ्क्रान्ति बजारबाट प्रहरीले नियन्त्रणमा लिएको हो । चेम्जोङले घरमा श्रीमती हुँदाहुँदै गत भदौ एक गते ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२, की २५ वर्षिया युवतीलाई कान्छी श्रीमतीका रूपमा भिœयाएका थिए । चेम्जोङकी जेठी श्रीमती सुशीला लिम्बूले कानूनबमोजिम कारबाही गरिपाऊँ भनी दिएको निवेदनको आधारमा विवाह गर्ने दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई सङ्क्रान्ति बजारमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको पाँचथर प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र कुवँरले बताए । दुवैलाई बहुविवाहअन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको कुवँरले बताए ।