इलाम । इलाममा दुर्घटना हुन नदिन कन्केभ मिरर्स जडान गरिएको छ । इलाम नगरपालिकाको सहयोगमा जिल्ला ट्राफिक कार्यालय इलामले इनपाका पाँचवटा घुम्तीहरुमा मिरर्स जडान गरिएको हो ।
नगरपालिकाका मुख्य पाँच वटा दुर्घटनास्थल घुम्तीहरुमा सडक दुर्घटनालाई कम गर्न यस्तो जडान गरिएको जिल्ला ट्राफिक कार्यालय इलामका इनचार्ज पदम बहादुर राईले जनाए ।
इलाम झापा सिमाना जोरकलशदेखि हर्कटेसम्म दुई महिना अगाडि तीन वटा घुम्तीहरुमा जडान गरिएको कन्केभ मिरर्सको यातायात चालकहरुले प्रयोग गरेकाले हाल दुर्घटना समेत नभएको उनको भनाई छ ।
तीन वटा उद्येश्यका साथ मिरर्स जडान गरिएको उनले बताए । जसमध्ये जिल्लको दश किलोमिटर सडक नमुना बनाउने र सो सडक जोरकलशबाट हकर्टे भएकाले सोही क्षेत्रमा जडान गरेको बताए ।
यस्तै इलामलाई नमुना सहर बनाउनका लागि सदरमुकाममा जडान गरिएको हो र इलामको बसपार्कलाई समेत नमुना बनाउन सो क्षेत्रमा समेत कन्केभ मिरर्स जडान गरिने बताए ।
हालसम्म इलाम जिल्लामा नौ वटा कन्केभ मिरर्स जडान गरिएकोमा चार वटा डिभिजन सडक विभाग र पाँचवटा इलाम नगरपालकाले उपलब्ध गराएको हो ।
कन्केभ मिरर्सलाई कर मिरर समेतथ भनिने यो घुम्तीहरुमा दुईकोण बाट गाडीहरु देखिने गरेर जडान गरिने ट्राफिक इन्चार्ज राईले बताए ।