प्रहरी गस्ती टोलीले झापाका विभिन्न क्षेत्रबाट साँढे पाँचलाख मूल्य बरावरको अवैध सामग्री बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले कारोबारीले भारतबाट भन्सार छली ल्याएका कपडा, मोटर पार्टस लगायतका सामग्री बरामद गरेको जिल्लाका डिएसपी तथा प्रवक्ता बस्नेतले जानकारी दिए । प्रहरीले कन्काइ नगरपालिकास्थित विरिङ्ग खोला छेउबाट २ लाख ५० हजार मूल्य बरावरको मोटर पार्टस, मेचीनगरपालिका–६ गैरीगाउँबाट १ लाख ५० हजार मूल्यका कपडा र सोही नगरको वडा नम्बर ४ बाट १ लाख ३० हजारको कपडा र कचनकवल–५ फूलबारी चोकबाट २० हजार मूल्य बरावरको कुर्ता सुरुवाल बरामद गरिएको डिएसपी बस्नेतले जनाए । बरामद सामग्रीलाइ आवश्यक कारबाहीका लागि आइतबार मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको प्रहरीले जनाएको छ ।