धेरैजसो हामी खानेकुरा ताजा राख्न फ्रिजको प्रयोग गर्छौं तर हामीलाई थाहा छैन कि फ्रिजमा राखेको खानेकुराहरुले कहीँ न कहीँ हाम्रो स्वास्थ्यमा नराम्रो असर पारिरहेको हुन्छ । त्यसैगरी अण्डा पनि फ्रिजमा राख्छौं । तर, अण्डालाई फ्रिजमा राख्नु उपयुक्त हुँदैन । फ्रिजमा अण्डा स्टोरेज गर्दा फाइदा होइन, नोक्सानी हुन्छ । अण्डा फ्रिजमा राख्दा के के नोक्सानी हुन्छ भन्ने कुराहरु यहाँ बुँदागतरुपमा प्रस्तुत गरिएको छः

ब्याक्टेरियाको खतरा फ्रिजमा राखिएको अण्डामा ब्याक्टेरिया पस्ने सम्भावना हुन्छ । यो स्वास्थ्यको लागि हानिकारक हुने नै भयो । यो प्रक्रिया कस्तो हुन्छ ? यसरी आउ“छन् अण्डामा ब्याक्टेरिया अण्डालाई फ्रिजमा राखेपछि त्यसलाई फेरि सामान्य तापक्रममा राख्दा कण्डेन्सेसन ग्यासबाट लिक्विड बन्ने प्रक्रिया बढ्छ । कन्डेन्सेसनबाट अण्डाको बोक्रामा रहेको ब्याक्टेरियाको गति बढ्न सक्छ । यसबाट अण्डाभित्र ब्याक्टेरिया पैदा हुन्छ, जुन स्वास्थ्यका लागि खतरनाक मानिन्छ ।

तापक्रम अण्डालाई फ्रिजमा राख्दा यसभित्रको तापमानमा पनि उतारचढाव आउँछ । यदि तपाईं अण्डाको प्रयोग बेकिङ प्रोडक्ट बनाउनका लागि हो भने त्यसलाई फ्रिजमा नराख्नु नै उचित हुन्छ । किनकी बनाउने बेला यसमा निकै समस्या पर्छ । स्वादमा भिन्नता यदि तपाईं फ्रिजमा अण्डा राख्नुहुन्छ र पछि त्यसको प्रयोग गर्नुहुन्छ भने त्यसलाई फिट्न अपेक्षाकृत मुस्किल हुन्छ । जसले गर्दा रङ र स्वादमा फरक पर्छ । यसले तपाईंको स्वास्थ्यलाई फाइदा होइन, नोक्सानी पुर्याउँछ ।

फुट्ने सम्भावना अण्डा किनेर ल्याउनासाथै तुरुन्त यसलाई उमाल्नका लागि राख्दा फुट्ने सम्भावना कम हुन्छ । तर, यदि तपाईंले फ्रिजमा राखिएको अण्डा उमाल्नुभयो भने फुट्ने सम्भावना बढी हुन्छ । यसले अण्डाको पोषणमा असर गर्छ ।

सङ्क्रमण फ्रिजमा राखिएको अण्डा सङ्क्रमित पनि हुनसक्छ । कहिलेकाहीँ अण्डाको माथिल्लो भागमा फोहोर रह्यो भने त्यसले फ्रिजमा राखिएका अरु चिजहरुलाई पनि सङ्क्रमण गर्न सक्छ । यस्तोमा अण्डालाई फ्रिजमा राख्दा कयौं प्रकारका सङ्क्रमणका खतरा रहन्छ ।

अस्वस्थकर यसमा कुनै शङ्का छैन कि फ्रिजमा अण्डा धेरै दिनसम्म सुरक्षित रहन्छ । तर फ्रिजमा अत्यधिक चिसो हुने कारणले अण्डाका केही पौष्टिकतत्व नष्ट हुन्छन् । कोठाको तापक्रममा राखिएका अण्डा फ्रिजमा राखिएका अण्डाको तुलनामा बढी स्वस्थकर हुन्छन् ।

अण्डाका फाइदा अण्डाको सेवनले शरीरलाई धेरै फाइदा मिल्छ । अण्डामा प्रोटिन, क्याल्सियम र ओमेगा २ फ्याटी एसिड उचित मात्रामा पाइन्छ, जुन हाम्रो शरीरका लागि अत्यन्त लाभदायक हुन्छ । यसबाट शरीरमा पर्याप्त मात्रामा प्रोटिन मिल्छ । त्यसैले हरेक दिन बिहान अण्डा सेवन गरौं ।