केटी ः नेपालीमा भन बाह्र पढेपछि कुन विषय पढ्ने विचार छ ? केटा ः आँखा चिया । केटी ः यो भनेको के हो ? केटा ः आई टी । .................................................. पत्रकारः सर, हजुरले नेपालमा पेट्रोल निकाल्न के गर्नुहुन्छ ? ओलीः चाइनाबाट मेसिन लिन्छु । पत्रकारः अनि चाइनालाई के दिनुहुन्छ त ? ओलीः गोर्खापत्रको पहिलो पेजभरि फूल छापिदिन्छु ......... .................................................. (पति–पत्नीबीच झगडा चल्दै थियो) पति ः म तिमीसँग डराउँदिन । पत्नी ः तिमी डरपोक छौ, पहिलो पटक मलाई हेर्न आएका थियौ । ४–५ जनाका साथमा आएका थियौ । जब मलाई लिन आयौ, तब ३ सय जना लिएर आएका थियौ । मलाई हेर त म एक्लै आएँ । .................................................. टिचर ः सञ्जु, भन त यमुना नदी कहाँ बग्छ ? सञ्जु ः जमिनमा सर । टिचर ः नक्सामा देखाऊ त, कहाँ बग्छ । सञ्जु ः नक्सामा बग्यो भने त नक्सा नै भिज्छ नि सर । .................................................. (एयर होस्टेस र पण्डित) एयर होस्टेसः सर खानामा के लिनुहुन्छ, बर्गर, पिज्जा, बियर ? पण्डितः पुरी, सब्जी र खीर । एयर होस्टेसः सर, तपाईं प्लेनमा बस्नु भा’को छ ... प्लेन मालिकको श्राद्धमा होइन । .................................................. रघु ः डाक्टर साहेब, मलाई हर बिहान ६ बजे पिसाबले सताउँछ । डाक्टर ः अनि यसमा किन हतास हुनुप¥यो त ? रघु ः हतास यसैले हुनुपरेको छ कि ८ बजे मात्रै उठ्ने बानी छ मेरो । .................................................. (मम्मीले आत्तिँदै गर्नुभयो फोन) मम्मी ः छोरा छिटोभन्दा छिटो घर आइज, बुहारीलाई हार्टअट्याक भए जस्तो छ । मुख टेढो भाको छ, आँखाले माथितिर हेरेकी छे । अनि गर्धन पनि घुमेको छ । शिव ः रहन दिनुस् मम्मी, तपाईं आत्तिनु पर्दैन, उसले सेल्फी लिने तरिका हो त्यो त ।