श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ भाद्र २६ गते मङ्गलबार, ११ सेप्टेम्बर २०१८ । भाद्र शुक्लपक्षको द्वितीया तिथि १९ः५९ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र उत्तरफाल्गुनी ५ः५९ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमाराशि कन्या, सूर्योदय ५ः४७ र सूर्यास्त ६ः१२ मा हुनेछ । मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ) पारिवारिक खुसीयालीमा दिन बित्ला । इच्छाहरू पूर्ण भएको महसुस होला । धनार्जनका नया“ स्रोतहरू पत्ता लाग्नेछन् । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) सामाजिक प्रतिष्ठा बढेर जाला । राजनीतिमा अनावश्यक लाञ्छना बेहोर्नु पर्ला । प्रेमपक्ष भने उत्तम देखिन्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आफ्नै दक्ष्ँतामा विभिन्न कार्यहरू सम्पन्न होलान् । झुटो आरोपको शिकार हुनु पर्ला । विवाददेखि टाढै रहनुहोला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साहित्यिक क्ष्ँेत्रमा रुचि बढेर जानेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । अध्ययन–अध्यापनका क्षेत्रमा राम्रै सफलता मिल्ला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कृषि तथा तत्जन्य व्यवसायमा राम्रै आम्दानी होला । सौन्दर्य तथा विलासी सामग्रीमा धन खर्च हुने योग देखिन्छ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) विचार पु¥याएर लिएको निर्णयले आफूलाई फाइदा गर्ला । विपरीत लि·ीको सहयोगले गरेका काममा सफलता मिल्नेछ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) पारिवारिक समस्याले सताउनेछ । मन अशान्त रहला । पौराणिक तथा धार्मिक क्षेत्रमा रुचि बढेर जाला । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ला । सामान हराउन वा चोरी हुनसक्ला । प्रेमपक्ष भने राम्रै देखिन्छ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) साझेदारीको कार्यहरूमा समस्या देखा पर्ला । कामकाजबाट अपेक्षाकृत सफलता हात पर्नेछ । प्रेमपक्षमा सफलता मिल्नेछ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आफ्ना नजिकका व्यक्तिबाट धोका पाइन सक्छ । अनावश्यक झमेलामा परिएला । निर्णय गर्ने क्षमता कमजोर होला । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) श्रमको उचित मूल्याङ्कन नहोला । दाम्पत्य जीवन सुखमय हुनेछ । धार्मिक यात्राको योग देखिन्छ । प्रेममा सफलता प्राप्त होला । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) पारिवारिक भेटघाटमा दिन बित्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नया“ नया“ बाटा खुल्नेछन् ।