ब्लाष्टखबर । रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ प्रवेश मार्गमा पहिरोका कारण दुई जनाको मृत्यु भएको छ ।
सीमा प्रहरी चौकी टिमुरेका अनुसार मृत्यु हुनेमा रुकुम जिल्ला भूमे गाउँपालिका– ९ का ५० वर्षीय भीम रोकाको स्थानीय मेडिकलमा उपचारका क्रममा र मकवानपुर जिल्ला हेटौँडा नगरपालिका–११ मकवानपुरका २२ वर्षीय रमेश कप्तौलाको घटनास्थलमै मृत्यु भएको हो । सोही दुर्घटनामा गम्भीर घाइते रुकुम जिल्ला भूमि गाउँपालिका–२ का २५ वर्षीय जगदीश रोका, रुकुम जिल्लाकै काक्रेका २२ वर्षीय टेकमान बुढा र ४२ वर्षीय चिनियाँ नागरिक छेत्यो रहेका छन् । उनीहरुलाई गएराति नै थप लागि काठमाडौं पठाइको थियो ।रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ प्रवेश मार्गमा पहिरोका कारणा दुई जनाको मृत्यु
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































