अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ
ब्लाष्टखबर । अटोमेटिक पेस्तोलसहित जिल्ला प्रहरी कार्यालय, दाङले एक जनालार्इ पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा दाङको घोराही–१३, बडहाराका २७ वर्षीय वीरबहादुर चौधरी छन् ।
विशेष सूचनाको आधारमा खटिएको विशेष प्रहरी टोलीले घोराही –१५, बाट उनलार्इ पक्राउ गरेको दाङका प्रहरीले जनाएकाे छ ।
चौधरीकाे साथबाट एटोमेटिक पेस्तोल मेड इन यूएसए लेखएिको ६.६५ क्यालिभरको पेस्तोल, म्यागजिन र गोली ४ राउण्ड बरामद भएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































