ब्लाष्टखबर । बलात्कारपछि हत्या भएको कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको घटनाको छानबिन गर्न  डीआइजी धिरु बस्नेतको संयोजकत्वमा अर्काे समिति गठन गरिएको छ । घटनाको अनुसन्धानका क्रममा ६ जना प्रहरी नै निलम्बनमा परेपछि अनुसन्धान प्रभावकारी बनाउन डीअार्इजी बस्नेतको नेतृत्वमा समिति गठन गरिएको हो । यो समितिले सुरूमा अनुसन्धानमा खटिएका प्रहरीको अनुसन्धान गरी यथाशीघ्र प्रतिवेदन बुझाउने प्रहरी हेडक्वाटरका प्रवक्ता एसएसपी शैलेश थापाले बताएकाछन् । यसअघि उत्तम सुवेदीको संयोजकत्वमा समिति गठन गरिएको थियो ।