श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ असोज १ गते सोमबार, १७ सेप्टेम्बर २०१८ । भाद्र शुक्लपक्षको अष्टमी तिथि १९ः२९ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र ज्येष्ठा ८ः४१ बजेसम्म, उप्रान्त मूल, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ५ः५० र सूर्यास्त ६ः०४ मा हुनेछ । मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ) समय उत्तमखालको छ । सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेटघाट होला । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) रमाइलो वातावरणमा दिन बित्ला । पारिवारिक जीवनमा खुसीयाली छाउला । अतिथि सत्कारमा समय बित्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । मिष्ठान्न भोजन प्राप्त हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) समय राम्रो छ । नया“ कार्यको शुभारम्भ हुनेछ । जग्गा–जमिन तथा वाहन खरिद होला । रमाइलो वातावरणमा दिन बित्ला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) समय सामान्यखालको छ । कार्य व्यस्तताले परिवारमा समय दिन नपाइएला । अरुको काममा व्यस्त भइएला । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) वस्त्र तथा आभूषण प्राप्त हुनेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर प्राप्त होला । बिछोडिएका साथीसित भेटघाट हुनेछ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । नया“ कार्य व्यवसायको शुभारम्भ हुनेछ । छोटो यात्रामा सरिक भइएला । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) समय सामान्यखालको छ । कार्य व्यवसायमा बिघ्न बाधा आइपर्नसक्ला । बोल्दा बडो विचार पु¥याएर बोल्नु होला । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) समय उत्तमखालको छ । पारिवारिक जीवनमा खुसीयाली छाउला । अतिथि सेवा सत्कारमा दिन बित्नेछ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) सेवामूलक कार्यक्रममा संलग्न भइएला । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । मन प्रसन्न रहला । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) समय उत्तमखालको छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । साथीभाइसित रमाइलो भेटघाट हुनेछ । शुभसमाचारले मन प्रसन्न बन्नेछ ।