नेपालमा भएका भारतीय नोट चल्लान?
धरान/ नेपाली बैङ्कमा रहेका पुराना एक हजार र पाँच सय दरका भारतीय रुपियाँ सटही गर्ने प्रस्तावले पुनः भारतको केन्द्रीय बैङ्क रिजर्भ बैङ्क अफ ईन्डिया (आरबीआई) को बोर्डमा प्रवेश पाउनेभएको छ । भारतको नीति आयोगका उपाध्यक्ष डा. राजीव कुमारले यो प्रस्ताव आफूले लैजाने बताएका हुन।
बिहीबार राजधानीमा आयोजित कार्यक्रममा उनले नेपाली बैङ्कमा धेरै परिमाणमा भारु नरहेको र यसको सटहीको विषयमा आरबीआईको सञ्चालक समिति समक्ष पुर्याउने जानकारी दिए । भारतको अमौद्रीकरण (डिमोनिटाइजेसन) अगाडि नेपालमा रहेको भारु धेरै होइन, उनले भने यसबारेको प्रस्ताव बोर्डमा लैजान सकिन्छ । उपाध्यक्ष कुमार आरबीआई बोर्डको सदस्यसमेत हुन। उक्त बोर्डमा हाल १४ जना सदस्य छन् ।
भारतले दुई वर्षअघि सन् २०१६ को नोभेम्बरमा अमौद्रीकरणको घोषणा गरेपछि नेपालमा रहेका एक हजार र पाँच सयका नोट सटही अन्योलमा परेको थियो । त्यसयता भारतीय पक्षबाट बारम्बार बैङ्कमा रहेका नोट सटहीको आश्वासन दिए पनि त्यो कार्यान्वयन हुन सकेको छैन ।
अहिले नेपाली बैङ्कमा करिब सात करोड बराबरका त्यस्ता नोट रहेको अनुमान छ । कार्यक्रममा पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. दिपेन्द्रबहादुर क्षेत्रीले नेपाली नोट सटहीको विषयमा भारतको धारणाबारे प्रश्न राखेपछि उपाध्यक्ष कुमारले एकपटक आफैले बोर्डमा प्रस्ताव लैजाने बताएका हुन।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































