kiwiइलाम । इलामको पहिलो किवी खेतीको सुरुवात भएको सन्दकपुर गाँउपालिकालाई किवी जोन क्षेत्र निर्धारण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत किवी जोन क्षेत्र निर्धारण गर्ने उद्देश्यले इलामको पहिलो किवी खेती भएको क्षेत्र सन्दकपुर गाँउपालिकालाई किवी जोन क्षेत्र निर्धारण गरिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाई खुमलटार ललितपुरले आयोजना गरेको किवी जोन क्षेत्र निर्धारण विषयक एक दिने गोष्टीमा कृषिलाई सम्मानमूलक बनाउन,नाफामुलक बनाउनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत किवी जोनका निमित्त एक खर्व एक अर्व बजेट रहेको जनाएको छ । यस मार्फत किवलिाई पकेट जोन,ब्लक जोन र सुपर जोन बनाउनका लागि जोड दिएको छ । जसमा पकेट जोन भने दश हेक्टर जमिनमा गर्न सकिने र एक्लैले गर्न समेत मिल्नेछ । पकेट जोन निर्धारणका लागि नयाँ जोन निर्माण गर्न पाँच लाख र पुरानोलाई भए दुई लाख बजेट निर्धारण गरिएको छ । यस्तै किवीको ब्लक जोन निर्माण गर्न एक हजार हेक्टर र सुपर जोन बनाउन एक हजार हेक्टर जमिनमा किवी खेती गर्नुपर्ने छ । किवी फलको मार्केट लामो भएकाले कृषकलाई भन्दा विचौलियालाई फाइदा हुने हुनाले जोन सञ्चालन पश्चात कृषकलाइृ समेत फाइदा पुग्ने छ । किवी जोन बनाउनका लागि बढी किवी फल्ने सन्दकपुर गाँउपालिकाका पाँच वटा वडा र इलाम नगरपालिकाका १,२,३ र ४ नम्बर वडालाई क्षेत्र समेटिएको छ । किवीको ब्लक जोन बनाउन समेत एक हजार हेक्टर क्षेत्रफल चाहिने भएकाले तत्काल सन्दकपुर गाँउपालिकाको नजिक पर्ने स्थानलाई समेटिएको हो । यस्तै आगामी दिनहरुकमा समेत किवी खेती हुने माईजोगमाई गाँउपालिका,देउमाई नगरपालिका लगायतका क्षेत्रलाई समेत समेट्न सकिने साविकका कृषि विकास कार्यालयका कार्यलय प्रमुख राम शाहले बताए । यस्तै इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले जिल्लालाई समृद्ध बनाउन किवीलाई सन्दकपुरको मोडन बनाउनमा जोड दिए । यस्र्त सन्दकपुर गाँउपालिकाका अध्यक्ष उदय राईले किवी खेतीको पहिलो क्षेत्र सन्दकपुर गाँउपालिका वार्ड नम्बर तीन सुलुबुङ्ग र पहिलो किसान तारामणि खतिवडा रहेकाले समेत यस क्षेत्रलाई किवी जोन माग गर्न गाँउपालिका लागिपरेको बताए । सन्दकपुरबासी किसानले अभियान थालेकाले किवी जोत क्षेत्र निर्धारण गरिसकेपश्चात कार्यालय,कर्मचारी समेत किसानका बारीमा पुग्नपर्नेमा जोड दिए । किवी जोन जहाँ घोषणा हुन्छ त्यसै क्षेत्रमा कार्यलय सञ्चालन हुनुपर्ने उनको भनाई छ । विगात १२ वर्षदेखी किवी खेतीमा आवद्ध इलामका प्रथम किवी कृषक तारामणि खतिवडाले एक सय बोट किवीको विरुवा ल्याएर खेती थालेकाले यस क्षेत्रलाई किवी क्षेत्र निर्धारण गर्न सन्दकपुरबासी सबै कृषक लागिपरेको बताए । उनले अबका दिनहरुमा समेत किवी खेतीमा लागि परेर गुणस्तर र व्यवसायिक उत्पादन गरि आयआर्जन बढाउनमा कृषकले जोड दिनुपर्ने बताए । गोष्टीमा वरिष्ट कृषि अधिकृत,कृषिका कर्मचारी, जिल्लाका विभिन्न स्थानका किवी कृषहरु को उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले गरेका थिए ।