शरीरलाई पानी नभई हुन्न । शरीरका लागि स्वच्छ पानी आवश्यक छ । तर, अहिले हामीले पिउने पानी दूषित छ । हानिकारक छ अनि विषाक्त छ । त्यही कारण फिल्टर गरेर, उमालेर वा विभिन्न विधिबाट शुद्धीकरण गरेर पानी पिउने गरिन्छ ।
काठमाडौंलगायत शहरी क्षेत्रको हकमा त रोगको स्रोत नै भएको छ, पानी । पानीको माध्यमबाट विभिन्न महामारी फैलने गरेको छ । ट्याङ्कीमा जम्मा गरेर घर–घरको धारामा आउने पानी होस् वा ट्याङ्करले आपूर्ति गर्ने पानी नै, स्वच्छ हुन्छ भन्ने ग्यारेन्टी छैन । यस्तो पानीले हाम्रो स्वास्थ्यलाई नाजुक बनाउँदैछ ।
यस्तो अवस्थामा हामीले विश्वास गरेको भनेको प्रशोधित पिउने पानी हो, जो बजारमा सहजै पाइन्छ । बोतलमा पाइने ती पानी हामी निस्फिक्री घटघट पिउँछौं ।
त्यसलाई अतिरिक्त शुद्धीकरण गर्नुपर्छ भन्ने लाग्दैन, न त उमाल्नुपर्छ भन्ने नै । तर, खतरनाक छ बोतलको पानी । हामीले बजारमा ‘मिनिरल वाटर’ भनेर पिउने बोतल बन्द पानी हानिकारक भएको हालैको एक शोधले खुलासा गरेको छ ।
एक त त्यसरी शुद्धीकरण गरिएको पानीमा ‘मिनिरल’को मात्रा कति हुन्छ भनेर खुलाइएको हुँदैन । त्यो पानी कति पिउनयोग्य हो भनेर त्यसको गुणस्तर मापन गरिएको भए पनि त्यस्ता पानीको गुणस्तरप्रति प्रश्न उठ्न थालेको छ ।
पानीमा ९३ प्रतिशतसम्म प्लाष्टिकको स–साना टुक्रा बोतलमा भरिएको पानी मिनरलयुक्त वा शुद्ध छ भनेर सोच्नु नै भ्रमपूर्ण रहेको अध्ययनले बताएको छ । स्टेट युनिभर्सिटी अफ न्यूयोर्कका वैज्ञानिकहरुले विश्वभरको बोतलबन्द पानीमा गरेको अध्ययनले निराशलाग्दो तथ्य सार्वजनिक गरेको छ ।
शोधकर्ताले चीन, ब्राजिल, इन्डोनेसिया, अमेरिका लगायत ९ देशमा बिक्री गरिने ११ अलग–अलग ब्रान्डको करिब २ सय ५९ प्याकेट बोतल जाँच गरेको थियो । उक्त जाँचमा के पाइयो भने, विश्वभर बिक्री हुने यस्ता प्याकेज्ड मिनिरल वाटरमा ९३ प्रतिशतसम्म प्लाष्टिकको स–साना कण पाइयो ।
छिमेकी भारतमा समेत यस्तो पानी प्रशस्तै पाइएको छ । दिल्ली, चेन्नाई, मुम्बई लगायत १९ वटा स्थानको पानीको नामुनामा हानिकारक प्लाष्टिकको टुक्रा पाइयो ।
कुन कुन ब्रान्डको नमुना लिइयो ? यसको टप ग्लोबल ब्रान्डमा एक्वाफिना, इवायिन (फ्रान्सका चर्चित ब्रान्ड, जसको पानी भारतिय क्रिकेटर विराट कोहली पनि पिउँछन्), भारतयि ब्रान्ड बिसलेरी लगायत सामेल गरिएको छ । रिसर्च टिमका अनुसार चेन्नाईमा लिइएको बिसलेरी ब्रान्डको नमुनामा एक लिटर पानीमा ५ हजार माइक्रोप्लाष्टिक कण पाइएको थियो ।
४५ प्रतिशत पोलीप्रोपलीन प्याकेज्ड पानीका कम्पनीले आफ्नो पानीको शुद्धता एवम् गुणवत्तामा केही दाबी गर्ने गरेका छन् । तर यस शोधको परिणाम आएपछि भने उनीहरुको गुणस्तरमाथि औंला उठाइएको हो । बोतलको बिर्को बनाउने कम्पनीले पोलिप्रोपलिनको उपयोग गर्छ । यो पदार्थ पानीमा ५४ प्रतिशतसम्म पाइन्छ । दोस्रो नम्बर हो, नाइलन जो १६ प्रतिशतसम्म पाइएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको चासो बोतलबन्द पानी यति हानिकारक हुन्छ भन्ने तथ्याङ्क बाहिर आएपछि विश्व स्वास्थ्य सङ्गठनले पनि यस रिसर्चको समीक्षा गर्ने भएको छ ।
बोतलबन्द पानीले के हानि गर्न सक्छ त ? क्यान्सर प्लाष्टिकको बोतलको पानी क्यान्सरको कारण बन्नसक्ने चिकित्सकहरुले औंल्याएका छ । प्लाष्टिकको बोतल जब घाम वा तापमानको कारण तातो हुन्छ, प्लाष्टिकमा रहेको हानिकारक केमिकल डाइअक्सिनको पानीमा घुल्छ । यो पानीको माध्यमबाट हाम्रो शरीरमा पुग्छ । डाइअक्सिनले हाम्रो शरीरको कोसिकालाई पुरा नष्ट गर्छ । यसले महिलामा ब्रेस्ट क्यान्सरको खतरा बढाउँछ ।
मस्तिष्कलाई समेत असर प्लाष्टिकको बोतलमा पाइने पानीमा जुन केमिकल हुन्छ, त्यसले मस्तिष्कको कार्यक्षमता पनि कमजोर बनाउँछ । यसले स्मरण क्षमतामा ह्रास आउने भय छ ।
कब्जियतको कारण प्लाष्टिकमा राखिएको पानी सेवन गर्दा यसमा रहेन बाइसफेनोल एको कारण पेटमा एकदमै हानि पुग्ने बताइएको छ । बीपीए नामक रसायन जब पेटमा पुग्छ, तब यसले पाचन प्रक्रियालाई प्रभावित गर्न सक्छ । यसले ग्याष्ट्रिक गराउँछ ।
गर्भपतनको खतरा पानीमा घुलेको स–साना प्लाष्टिकको कणले महिलामा गर्भपतनको खतरा बढाउँछ । गर्भवती महिलालाई यसको निकै असर देखिएको छ ।
जन्म दोष बोतलमा राखिएको पानीमा हुने रसायनले भ्रुणको बच्चालाई समेत असर गर्ने बताइएको छ । यस्ता पानीको सेवनले भ्रुणको बच्चा असामान्य रुपमा पैदा हुने रिसर्चमा उल्लेख छ ।