श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ मङ्सिर ५ गते बुधबार, २१ नोभेम्बर २०१८ । कार्तिक शुक्लपक्षको त्रयोदशी तिथि १२ः५५ बजेसम्म उप्रान्त चतुर्दशी, नक्षत्र अश्विनी १८ः२६ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमाराशि मेष, सूर्योदय ६ः३० र सूर्यास्त ५ः०८ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
समय उत्तमखालको छ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सुन–चा“दी तथा तत्जन्य कार्य–व्यवसामा रुचि बढ्नेछ । महिला मित्रको सहयोगमा नया“ कामको शुभारम्भ होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय सामान्यखालको छ । अधिकार प्राप्तिका लागि निकै सङ्घर्ष गर्नुपर्ला । अनावश्यक कामको झन्झटमा फसिएला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कला तथा साहित्यको क्ष्ँेत्रमा रुचि बढ्नेछ । आफूस“ग भएको कला प्रदर्शन गर्न पाइएला । रमाइलो यात्राको अवसर मिल्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धर्म–कर्म तथा समाजसेवामा मन लाग्नेछ । सन्तानपक्षबाट विशेष सहयोग मिल्ला । पारिवारिक जीवनमा खुसीयाली छाउला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मुद्दा–मामिलामा तपाईंको विजय हुनेछ । साथीभाइ तथा आफन्तको सहयोग प्रँप्त भइरहला । मन प्रसन्न बन्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय मध्यम्खालको छ । कार्यव्यस्तताले परिवारमा समय दिन नपाइएला । अरुको काममा बढी समय दिनुपर्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन–अध्यापनमाभन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । लाभदायी यात्राको अवसर मिल्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय उत्तमखालको छ । जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कला तथा साहित्यको क्ष्ँेत्रमा रुचि बढ्नेछ । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला । नया“ कार्यको थालनी हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । नपत्याएका व्यक्तिसित उचित सहयोग मिल्ला । रमाइलो वातावरणमा दिन बित्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
ठेक्का–पट्टा तथा तत्जन्य व्यवसायमा सफलता मिल्ला । परिवारमा धार्मिक कार्यको आयोजना हुनेछ । शुभसमाचर सुन्न पाइएला ।