विश्वका तीन दर्जन भन्दा बढी मुलुकले प्रयोगमा ल्याएको नागरिकको आधुनिक तथ्याङ्क राख्ने प्रणालीको नेपालमा भने सोमबारदेखि शुरुआत भएको छ । यो काम मुलुकको उज्यालो प्रदेश १ बाट शुरु भएको छ ।
सबै नागरिकका जैविक र वैयक्तिक विवरण समावेश भएको बहुउपयोगी ‘राष्ट्रिय परिचयपत्र’ वितरण प्रदेश १ बाट शुरुवात हुनु प्रदेशका लागि खुशीको कुरा हो ।
ने
पाली नागरिकहरुका वैयक्तिक र जैविक विवरणहरुलाई केन्द्रीकृत रुपमा भण्डारण गरी सबै नागरिकहरुको परिचय खुल्ने र नदोहोरिने बहुउपयोगी राष्ट्रिय परिचयपत्र नम्बर हो । यसलाई राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक स्मार्ट कार्डको रुपमा लिइन्छ ।
त्यसमा व्यक्तिको नाम, तस्वीर, दुबै हातका सबै औँलाहरुको औँठाछाप, उमेर, लिङ, बाबु, आमा, हजुरबुवा, हजुरआमा, पति वा पत्नीको विवरण समावेश गरिएको हुन्छ । त्यसलाई मतदाता परिचयपत्र, व्यक्तिको राष्ट्रिय पहिचानपत्र, जग्गा जमीन र अन्य सम्पत्तिको अभिलेखका लागि बैंक तथा वित्तीय कारोबारको अभिलेखको रुपमा समेत प्रयोग गर्न सकिन्छ । परिचयपत्र यन्त्रले अध्ययन गर्नसक्ने गरी चिप्समा सबै विवरणहरु सगृहित गरिन्छ ।
फिदिम नगरपालिका वडा नं ४ शान्तिपुरकी १०१ वर्षीया वयोवृद्ध भगवतीदेवी भण्डारी डिजिटल राष्ट्रिय परिचयपत्र पाउने पहिलो भाग्यमानी व्यक्ति भएकिछन् । नेपालको संविधानले नै नेपाली नागरिकसँग नागरिकताको प्रमाणपत्र र राष्ट्रिय परिचयपत्र रहने परिकल्पना गरेको छ ।
त्यही अनुरुप सरकारले राष्ट्रिय परिचयपत्रको वितरण थालेको छ । दुइ बर्षमा सबै नागरिकको हातमा राष्ट्रिय परिचय पत्र पु¥याउने सरकारको योजनाले आगमी दिनमा कुनै पनि व्यक्तिको पहिचान गर्न सजिलो हुने छ ।
कुनै पनि व्यक्तिको विभिन्न सरकारी पहिचान खुल्ले परिचय पत्रको सट्टामा एउटै राष्ट्रिय परिचय पत्रले काम गर्ने भएकाले यो बहुउपयोगि मान्छिन । प्रविधिको दु्रत विकास भईरहेको मुलुकका लागि यो कुनै नौलो सेवा होईन तर अल्पविकसित मुलुकका लागि नयाँ काम भएको छ ।
सरकारले ढिलै भए पनि नागरिकको राष्ट्रिय पहिचानका लागि नयाँ काम गरेको छ । पाँचथरबाट शुरुवात गरेको यो अभियान सरकारले तोके भन्दा अगाबै देशभर पु¥याउने वतावराण बनाउनु वाञ्छानिय हुने छ ।
नेपाली नागरिकसम्बन्धी विवरणहरु सरकारी कागजातमै सीमित भएको अवस्थामा यस प्रविधिले सुरक्षा संयन्त्रलाई अपराधी पत्ता लगाउन पनि यो परिचालय पत्र उपयोगि हुने छ । यस प्रविधिले अपराधका घटना न्युनिकरणमा समेत सघाउ पुर्याउने छ ।
नेपाल प्रहरीलाई अपराध नियन्त्तणमा समेत सहयोगी यो प्रविधीलाई जतिसक्दा चाढो सबै जिल्लामा पु¥याउन सरकारले तिव्र रुपमा काम गर्नु पर्दछ । पाँचथरमा पाईलोटिङका रुपमा बाढेको परिचय पत्र भगवतीदेविमा मात्र सिमित हुनु हुदैन् ।
प्रविधी प्रयोगमा नेपाल पनि अव्वल छ भन्ने विश्वलाई देखाउन सरकारले सबै जिल्लामा वितरण गर्ने कामलाई द्रुत बनाउनु वाञ्छानिय हुने छ ।