काठमाडौं / केन्द्रीय कमिटी एकीकरणको ६ महिनापछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को प्रदेश कमिटी एकीकरण टुंगिएको छ ।

नेकपाका महासचिव बिष्णु पौडेलले सोमबार सात प्रदेशका सबै सदस्यहरुको नाम मंगलबार सार्वजनिक गरिएको जनाए । केन्द्रीय सचिवालयको पछिल्लो बैठकले प्रदेश कमिटीलाई पूर्णता दिएको थियो । सातै प्रदेश कमिटीको नामवली सार्वजनिक गरिएको हो । सुनसरीबाट २४ जना प्रदेश कमिटीमा मनोनित भएका छन् । १५ जना एमालेबाट र ९ जना माओवादी केन्द्रबाट छानिएका छन् ।