मोरङ/ नोबेल शिक्षण अस्पतालमा दुई दिवसीय अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न भएको छ । एशियन मेडिकल स्टुडेन्ट एण्ड रेसिडेन्स सोसाइटी फर न्यूरो सर्जरी र नोबेल मेडिकल कलेजको संयुक्त आयोजनामा सम्मेलन भएको हो ।

सम्मेलनमा ९ दखेशका न्यूरो सर्जनहरू सहभागी थिए । ब्राजिल, बेलायत, जापान, चीन, भारत, पाकिस्तान, अफ्रिका, क्यानडा र नेपालका ३० भन्दा बढी न्यूरो सर्जन सहभागी भएका थिए । नेपाल, भारत, पाकिस्तानलगायतमा न्यूरो सर्जरीसम्बन्धी विद्यार्थी र आवासीय चिकित्सकहरूको क्षमता अभिवृद्धिका लागि न्यूरो सर्जरीका विषयमा सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिएका छन् ।

सम्मेलनमा न्यूरोसम्बन्धी कार्यपत्र पनि प्रस्तुत गरिएको थियो ।

नोबेलका बरिष्ठ न्यूरो सर्जन डा.आईप चेरियन, डा.प्रकाश काफ्ले, डा. प्रमोद चौधरी, डा.भिग्नेस, डा.दिपक पौडेल, डा.सरन्या लगायतले न्यूरो सर्जरीका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न देशका करिव १ सय ५० जना न्यूरो सर्जरीसम्बन्धी विद्यार्थी र आवासीय चिकित्सकहरू सहभागी थिए ।