सुनसरी / इटहरी उपमहानगरपालिका १० स्थित आधारभुत विद्यालयको नब निर्मित भवन आज उद्घाटन गरिएको छ ।
प्रदेश नं. १ का सभामुख प्रदिपकुमार भण्डारीले रिवन काटेर भवनको उद्घाटन गरेका छन् ।
विशिष्ट अतिथी प्रदेश सभासदस्य सर्वध्वज साँवा रहेका थिए । विद्यालयका प्रधानाध्यपक भीमबहादुर बस्नेतले भवन निर्माणमा भएको खर्च विवरण सुनाएका थिए । भवन निर्माणमा ५० लाख खर्च भएको प्रअ बस्नेतले जानकारी दिए । कक्षा ६ सम्म पढाई हुने उक्त विद्यालयमा जम्मा ५ जना मात्र शिक्षकको दरवन्दी रहेको बताइएको छ ।