धरान / जनसहभागितामा धरान–१५ स्थित बाँझगरा मार्गको आज उद्घाटन गरिएको छ । धरान उपमहानगरपालिकाकी कार्यवहाक मेयर मञ्जु भण्डारीले रिवन काटेर उद्घाटन गरेकीछन् ।

करिब ६ सय मिटर लम्बाईको यो सडकको कुल लागत २९ लाख २७ हजार ९ सय ८० रुपैया रहेको छ । सडका लागि उपमहानगरपालिकाबाट १५ लाख र बाँकी उपभोक्ताहरुले जुटाएका छन् ।
जनसहभागितामा निमार्ण भएको यो नमुना सडक भएको उपमहानगरकी कार्यवहाक मेयर भण्डारीले बताइृन ।
वडा अध्यक्ष इवारमका अनुसार यो सडक नगरस्तरीय योजनाअन्तगत ५० प्रतिशत जनसहभागितामा निर्माण सम्पन्न भएको हो । २०७४ चैत २८ गते तत्कालीन मेयर तारा सुब्बाले बाटो निर्माण कार्य प्रारम्भ गरेका थिए ।