पथरी । दुई अलिखको संयुक्त आयोजनामा सुरु भएको मोरङको पथरीशनिश्चरे नगर स्तरीय महिला फुटबल प्रतियोगिता कानेपोखरी गाँउ पालिका बिजयी हुर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । उर्लावारी नगरपालिका लाई ४–० गोल अन्तरले पराजित गरेको छ ।
शनिवार पथरीशनिश्चरे १, स्थीत सुनाखरी खेल मैदानमा भएको खेलमा कानेपोखरी गाउँपालिकाले उर्लाबारी नगरपालिकालाई ४–० को गोल अन्तरले सेमिफाइनलमा प्रबेस गरेको हो । खेलको ८ मिनेटमै कानेपोखरीले अग्रता लिएको थियो । कानेपोखरीकी इमा चाम्लिङ्गले एकल प्रयासमा गोल पहिलो गोल गरेकि थिइन । खेलको २३ औं मिनेटमा इमा चाम्लिङ्गले फेरी १ गोल गर्दै २–०को अग्रता बनाइन ।
खेलको २४ औं मिनेटमै इमाको प्रयासमा रोशनाले हेड मार्फत १ गोल गरेका थिइन् । मध्यन्तर अघि नै ३ गोलले पछि परेको उर्लावारीले भने कुनै गोल लगाउन सकेन । कानेपोखरीका खेलाडीको एक पछि अर्का प्रहारलाई उर्लावारीकी गोलरक्षले बारम्बार सेभ गरेकी थिइ्न । मध्यन्तर पछि १७ औं मिनेटमा कानेपोखरीकि जिना विष्टले १ गोल लगाएपछि ४–० भएको थियो । खेलको म्यान अफदि म्याच रोसना चाम्लिङ्ग भएका थिइन् । उनीले १ हजार रुपयाँ हात पारिन । आइतवारको खेल सुन्दर हरौचा र लेटाङ्ग निलो विच हुने खेल संयोजक निता राइले जनाइन ।
प्रतियोगिताको विजेताले २५ हजार नगद ट्रफि र मेडल जित्ने छ भने उपविजेताले १५ हजार नगद र ट्रफि रहेको आयोजकले बताएका छन् । खेलको औपचारी उदघाटन समारोहमा पथरीशनिश्चरे नगरपालिकाकी उपप्रमुख यमुना विष्ट वास्तोला, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य ताजिम अन्सारी,नेकपाका प्रदेश सदस्य रामकुमार वस्नेत लगायतले खेलकुदका क्षेत्रवाट युवा र विद्यार्थीलाइ समेटनु पर्ने वताएका थिए । अनेरास्ववियु पथरी क्याम्पस कमिटि र अनेरास्ववियु क्रान्तीकारी पथरी बहुमुखी इकाई कमिटिको संयुक्त आयोजनामा खेल भएको हो ।