जिरोपाइन्ट /  मिस पूर्वाञ्चल २०१८ को विजेताहरुलाई युएन र नवोदय कलेज धरानले सोमबार एक कार्यक्रमको आयोजना गर सम्मान गरेको छ । नवौं संस्करणको ताज पहिरएकी झापा भद्रपुरकी पूजा श्रेष्ठ, युएन नवोदय कलेजको कक्षा १२ मा अध्यनरत फष्टरनर अप अनिला क्षेत्री र इटहरीकी सेकेण्डरनर अप तपस्या रणपहेलीलाई क्याम्पसका अध्यक्ष ज्ञानेश्वर झा, क्याम्पसका प्रमुख निर्देशक अधिकृत डम्बरकुमार तुम्बाफोलगायतले सम्मान पत्र र खदाले सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै क्याम्पसका अध्यक्ष झाले अहिलेको समयमा हरेक क्षेत्रको आ—आफ्नै माग र मान्यता भएकोले विद्यालय शिक्षाले मात्र नभएर अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीले उत्तिकै सहभागिता जनाउनुपर्ने बताए । यसैगरी कार्यक्रममा प्रवन्ध निर्देशक तुम्वाफो, शिक्षक राजेश विद्रोहीले विद्यार्थीलाई अहिलेको समयमा किताबी ज्ञानले मात्र प्रर्याप्त ज्ञान नहुने भएकाले बाहिरी ज्ञान पनि लिन जरुरी रहेको बताएका थिए ।

20181231_105626