मोरङ/ पथरीशनिश्चरे १० कि आयुशा राई अहिले ११ वर्षकी भइन् तर उनि हिड्डुल गर्न भने सक्दिनन् ।

कक्ष २ मा अध्यानरत आयुसा पढ्ने र लेख्ने हक्ती भने अदभुत रहेको छ । १९,२० वर्षको मानिसको जस्तै गफ गर्ने आयूसाको पछि गएर डाक्टर बन्ने सपना छ । उनि जन्मेको ३/४ महिनामा बाबु बिते पछि मामल बस्दै आएकी आयुसा करिब एक डेढ फिटकी मात्र छिन भने उनकोे दुबै हात खुट्टा लावर जस्तै छन ।

तर पनि उनि कहिल्यै हरेष नखाई स्कुल जाने गर्छिन । स्थानीय सिदार्थ बोडिङमा पढ्दै आएकी आयुसालाई स्कुलले नै बस्नका लागि कुर्सी बनाईदीएको छ । साथीसंगीसँग खुलेर रमाउने आयुसालाई स्कुलमा सर मिस र साथीहरुले सधै हौसला दिने गरेको उनि बताउछिन् ।

औषधी उपचारको अभावमा ११ वर्ष देखि शारिरिक अपाङगता भएर बस्नु परेको हजुरामा बताउछिन् । पोलियोका कारण आफ्नो हात खुट्टा बिग्रिएको आयुसाको भनाई छ । हजुरआमाको साथमा खेलेरै दिन गुजानु पर्ने र घरको आर्थिक अवस्था अत्यन्तै न्यून रहेका कारण आफुले केहि गर्न नसकेको आयुशाकी आमा बसन्ती राई बताउछिन् ।

२०६४ सालमा जन्मिएकी आयुशा पहिले सामान्य बच्चा जस्तै थिइन तर विस्तारै रोगले च्याप्दै गयो । करिब ४ वर्षको भएपछि हात खुट्टाले नै काम गर्न छाडे उनि हिड्डुल गर्नपनि सक्दिनन् । बसेपछि यताउता गर्न पनि उनलाई अरुको सहारा चाहिन्छ ।