धरान/ धरान-६ पानवारीमा अवस्थित शिक्षा सन्देश बाेर्डिङ् स्कुलकाे आयाेजना बाल श्रम तथा लागु औषध विरूद्व जनचेतना मुलक कार्यक्रम सम्पन्न भएकाे छ ।
स्कुलले बालबालिका माथि हुने गरेकाे श्रम श्राेषण न्युनिकरण र युवाहरूमा बढ्दै गरेकाे लागु औषध माेह कम गर्नका लागी सचेतामुलक काम गरेकाे स्कुलका शिक्षक रिकेश विश्वकर्माले बताए।
सचेतनाका लागी स्कुलले दुर्व्यसनलाई प्रचार गर्ने पाेस्टर पम्प्लेस्हरू नराख्न र बालबालिकालाई सहज तरिकाले जाड रक्सी चुराेट जस्ता पदार्थ बिक्री वितरण नगर्न अनुराेध गरेका थिए ।
साेहि वडाअध्यक्षकाे प्रमुख आथित्यमा सम्पन्न भएकाे कार्यक्रममा प्रहरी नायब निरीक्षक देबेन्द्र फुयाल,प्रिन्सिपल ऋषिराज आचार्यलयागतकाे उपश्थिती रहेकाे थियाे ।
साथै दुर्घटना न्युकरण हाेस भन्ने हेतुले स्कुल अगाडी र ५० मिटर पर दुई स्थानमा स्कुलले जेब्रा क्रस समेत बनाएकाे शिक्षक बिश्वकर्माले बताए । विधार्थीहरूलाई समाजिक कार्यमा हाैसाउन स्कुलले यस्ता कार्यक्रमकाे आयाेजना गर्न सके धेरै बालबालिकाहरू सामाजिक कार्यमा प्रेरित हुने थिए।