झापा / वन तथा वातावरणको महत्वसँगै विद्यार्थीमा अन्तर निहित प्रतिभा उजागर गर्ने उद्धेश्यले अम्बर रुद्र वन पाटिका तथा नवदुर्गा आधारभूत विद्यालय अर्जुनधारा-४ रातेखालको संयुक्त आयोजनामा अतिरिक्त क्रियाकलापको रुपमा निबन्ध प्रतियोगिता भएको छ ।
विद्यालयका कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुले विहीबार विद्यालयमा ५ सय शब्दसम्मको ‘वन डडेलो र रोकथाम’का उपायहरु भन्ने विषयमा निबन्ध प्रस्तुत गरेको थिए । प्रतियोगितामा कक्षा ८ मा अध्ययनरत २७ जना मध्येबाट उत्कृष्ट ५ मा परेकाले निवन्ध प्रस्तुत गरेका थिए ।
प्रतियोगिताको निर्णायकमा शिक्षक चुडाकर्ण घिमिरे, सोमप्रसाद पौडेल, श्यामसुन्दर नेपाल, ध्रुवराज राई र मेघविक्रम राई रहेका थिए ।
प्रतियोगितामा प्रथम नविन पाठक, द्धितीय प्रतिष्ठा ओली, तृतीय डोल्मा शेर्पा, चौथो नविन न्यौपाने र पाँचौ माधव लम्साल भएका थिए । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौ हुनेलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो । अन्य सहभागी सवैलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।
वन तथा वातावरणको महत्वसँगै विद्यार्थीमा अन्तर निहित प्रतिभा उजागर गर्ने उद्धेश्यले अतिरिक्त क्रियाकलापको रुपमा निबन्ध प्रतियोगिताको आयोजना गरिएको शिक्षक तोया ओलीलले बताए । विद्यालयका दाता लोकबहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा वडा नं. ४ का अध्यक्ष दुर्गाप्रसाद दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।
पाटिकालाई जिल्ला वन कार्यालयमा दर्ता गरी निजि वनको नियमभित्र रहि २० वर्षे योजनासहित वातावरण संरक्षण गर्ने उदेश्य राखेकोे पाटिकाका प्रवर्धक कल्याण खड्काले बताए । ‘अर्जुनधारा ४ र ५ मा १० विगाहा क्षेत्रमा रुखविरुवा रोपेको छ’ प्रर्वधक खड्काले भने ‘ उब्जाउ नभएको नमिनमा रुखविरुवा रोपेर वातावरण संरक्षण गर्ने लक्ष्य लिएको छु ।’
नर्सरीदेखि कक्षा ८ सम्म अध्यापन हुने सो विद्यालयका ४ सय ६९ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधाध्यापक रुद्रप्रसाद खतिवडाले बताए । विद्यालयमा शिक्षकशिक्षिका सरकारी दरबन्दी ९, बालबिकास ३, निजिस्रोत ४, निजि बालविकास २ र कर्मचारी ३ गरी २१ जना रहेको उनले बताए ।