मधुमल्ला/ मोरङ मिक्लाजुङ गाउँपालिकामा प्याप्सनको २८ औं स्थापना दिवशको अवसर पारेर शैक्षिक सामग्री वितरण गरिएको छ । प्यप्सनको देशव्यापी कार्यक्रम अन्र्तगत मिक्लाजुङ गाउँपालिका प्याब्सन युनिट मिक्लाजुङको आयोजनामा शारिरिक तथा मानशिक दुर्बलता भएका १३ छात्र/छात्रालाई शैक्षिक सामग्री वितरण गरिएको व्याब्सन युनिट मिक्लाजुङका अध्यक्ष विकाश गुरुङले बताए ।
कार्यक्रमा मिक्लाजुङ क्षेत्रमा अध्ययनरत छात्र/छात्राहरुलाई कार्यक्रमका विशिष्ठ अतिथि मिक्लाजुङ गाउँपालिका सामाजिक विकास समिति संयोजक बुद्धीलाल निरौला र प्रमुख अतिथि व्याप्सन मोरङ कोषाध्यक्ष जगत बस्नेतले मानशिक तथा शारिरिक दुर्बलता भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी बस्नेतले निजी विद्यालयहरुले शैक्षिक अभियान सञ्चालन गरी शिक्षा क्षेत्रमा राज्यलाई सहयोग पुर्याउनुका साथै ठुलो संख्यामा स्वरोजगार बन्न सफल भएको बताए ।
मदर मधुमल्ला अंग्रेजी मावि मिक्लाजुङ-९ मा भएको कार्यक्रमको समापन प्याब्सन युनिट मिक्लाजुङका अध्यक्ष बिकाश गुरुको सभापतीत्वमा सम्पन्न भएको थियो ।