मधुमल्ला/ मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ३ मा रहेको कालिका समुदयिक माविलाई मंगलबार खेलकुद सामग्री वितरण गरिएको छ ।

सो विद्यालयलाई मिक्लाजुङ युवा व्यवसायी बबिकुमार राईले २ सेट जर्सी करिब १५ हजार मुल्य बराबर, सोही विद्यालयका पुर्व विदार्थी मुरारी आचार्यले १२ जनालाई जुत्ता करिब १२ हजार बराबर, समाज सेवी गंगाराम घिमीरे १ सेट जर्सी र १ थान फुटबल करिब ८ हजार बराबर, समाज सेवी ज्ञानेन्द्र खनालले १२ जनालाई १ सेट जुत्ता, करिब ११५०० बराबरको,

मिक्लाजुङका व्यवसायी गोपाल बस्नेत २ सेट जर्सी करिब १५ हजार मुल्य बराबरको, र खगेन्द्र मादेन मिक्लाजुङ गाउँपालिका वडा नं. ३ वडाध्यक्षले १ थान फुटबल सहयोग गरेको विद्यालयका शिक्षक जितबहादुर कटुवालले बताए ।

दाताहरुले मंगलबार कालिकका मावि परिसरमा एक औपचारिक कार्यक्रमको आयोजना गरि सामग्री हस्तान्तरण गरिएको कालिका समुदायिक मा.वि. प्र.अ. मात्रिका न्यौपानेले बताए ।

हाल सो विद्यालयमा बाल कक्षा देखी कक्षा १२ सम्म ११ सय छात्र/छात्र अध्ययनरत छन । सो विद्यालय मिक्लाजुङ गाउँपालिकाकै सबै भन्दा बढी विद्यार्थी संख्या भएको सामुदायिक विद्यालय भएको प्र.अ. न्यौपानेले बताए ।