पथरी/ मोरङको पथरीशनिश्चरे-१, स्थीत पथरीबजारमा स्थापना भएको पथरी बहुमुखी क्याम्पसले स्नातकोत्तरमा एमएडको कक्षा संचालन गर्ने स्वीकृति पाएका छन् । शैक्षिक सत्र २०७५/०७६ बाट पथरी बहुमुखी क्यामपसले शिक्षाशास्त्र संकायको नेपाली विषयको कक्षा संचालनका लागि बुधबार अनुमति पाएको हो ।

अनुमती पाएसँगै एमएडको लागी प्रवेश फारम खुलेको छ । प्रवेश परीक्षा २०७५ माघ २६ गते हुने क्याम्पस प्रमुख चेतन पौडेलले बताए ।

अन्य क्याम्पसमा गएर प्रवेश परिक्षाका लागि फाराम भरीसकेका विद्यार्थीहरुले पनि पथरी बहुमुखीमा नै अध्यन गर्न चाहेमा क्याम्पसले त्यसको व्यवस्थापन मिलाउने कुरा क्यम्पस प्रमुख पौडेलले बताए ।
यस अघि स्नातक तहमा शिक्षाशास्त्र, व्यवस्थापन र मानविकी संकाय (विएड, विविएस र विए)को अध्यनअध्यापन भइरहेको थियो ।

उच्चशिक्षाको अनुपति पाएपछि यस क्षेत्रका विद्यार्थी विराटनगर,धरान,धनकुटा र काठ्माडौँ गएर पढ्नुपर्ने बाध्यता भने हटेको छ । २०६४ सालमा स्थापना भएको क्याम्पसमा स्नातक तहमा अहिले ५सय ४८ जना विद्यार्थी अध्ययन गर्दै आएको छ । स्नाकोत्तरमा अरु विषय पनि क्रमश थप्दै जाने क्याम्पस प्रमुख पौडेलले बताए ।